इटहरी/ मदन भण्डारी स्मृती इटहरी गोल्डकपको पहिलो संस्करणमा आर्मी सँग विजयी भएको थ्रिस्टार क्लब काठमाण्डौ दोस्रो संस्करणमा भने पहिलो खेलमै बाहिरीएको छ । गत साता दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब सँग हार बेहोरेको त्रिभुवन आर्मीले इटहरी रंगशालामा बदला लिएको हो ।

सिमरा गोल्डकपमा सडेनडेथमा पराजित भएको आर्मीले थ्रिस्टार सँग बदला लिएको हो । डिफेण्डिङ च्याम्पियन थ्रि स्टारले आर्मी माथी आफ्नो दबदबा कायम राख्न खोजे पनि ट्राईबेकरमा थामिन सकेन । आश लाग्दा खेलाडीहरुले ट्राईबेकरमा गोल गर्ने नसक्दा थ्रि स्टार पहिलो खेलबाटै बाहिरीन पुगेको हो ।

आर्मीलाई नै सेमिफाइनलमा पराजित गरेको थ्रि स्टार उच्च मनोबलका साथ मैदानमा उत्रीए पनि ट्राईबेकरमा सम्हालीन नसक्दा पहिलो विजेता थ्रिस्टार घर फर्केको हो ।

पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफको १३ मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले हेर्ड मार्फत गोल गरेर टिमलाई अग्रता दिलाए । पहिलो हाफमा दवावमा राख्न खोजेको आर्मीले पटक पटक गोल गर्ने मौका चुकाएको थियो ।

पहिलो हाफको ७ औ मिनेटमा आर्मीका टैक बस्नेतले वान वाई वान गोल गर्ने सहज अवसर चुकाए । पहिलो हाफको ३७ औ मिनेटमा आर्मीका सन्तोष तामाङले पहेलो कार्ड पाए ।

दोस्रो हाफको २७ औ मिनेटमा थ्रिस्टारका बुद्धराज लिम्बुको पासमा अनन्त लिम्बुले सानदार गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । दोस्रो हाफकै ३३ मिनेटमा थ्रिस्टारको रञ्जन विष्टले सहज गोल गर्ने अवसर गुमाए ।

थ्रिस्टारकै अनन्त तामाङको वारम्बारको प्रयास असफल भयो । आर्मीका विकास खवासले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । दुबै टिमले बारम्बार फ्रि किकको मौका पाए पनि सदुपयोग गर्ने भने सकेनन् ।

डेढबर्ष पछि नेपाली फुटबलमा फर्कीएको थ्रिस्टार गत संस्करणको इटहरी गोल्डकपको पहिलो सहभागितामै उपाधी जित्न सफल भएको थियो । पेनाल्टीमा थिस्टारका आशलाग्ला खेलाडी रञ्जित धिमाल,बुद्धराज लिम्बु र रुपेश केसीले गोल गर्ने नसक्दा त्रिभुवन आर्मीले अन्तिम ४ को यात्रा तय गरेको हो । थिस्टारको विक्रम लामाले मात्र पेनाल्टीमा गोल गरे ।

त्रिभुव आर्मीको भरत खवास,सन्तोष लामा र विवेक वस्नेतले गोल गरे भने पदम तामाङ र दिप लामाले गोल गर्ने असफल भए । खेलको म्यान अफ द म्याच आर्मीका गोल किपर विकास कुथु घोषित भए । उनले नगद १० हजार रुपैया पाए ।

आज (मगंलबारको ) अन्तिम क्वाटर फाईनल खेल एचएफसी भुटान र नेपाल पुलिस काठमाण्डौ विच हुने छ । गोल्डकप विजेताले १६ लाख र उपविजेताले ८ लाख नगद पाउँने छन । जुन पुरस्कार राशी प्रदेश एककै सर्वधिक राशी हो ।