अनशन बन्द गर्न मानवअधिकार प्रतिष्ठानकाे आग्रह

alt
  • माघ १५, २०७५
  • ३८८ पटक पढिएको
  • रासस

काठमाडौँ /  राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । 
सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ । उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले आज जारी गरेकाे विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो । 

गत पुस २६ गतेदेखि डा केसी सोह्राैं पटक आमरण अनशनमा छन  । उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केसीको विरोधमा अनशनरत विजय थापाको स्वास्थ्यस्थिति पनि कमजोर भएको जनाइएको छ । केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन घोषणा गरेको छ भने त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गरेको छ । 

प्रकाश राईको पक्षमा ...

धरान / सिर १४ गतेको निर्वाचनका लागि बनेको चुनाव प् ...

कर्णाली प्रदेशका सभा ...

धरान  / कर्णाली प्रदेशका सभामुख र उपसभामुखसहि ...

धरान उत्कृष्ट धार्मि ...

धरान / पूर्वको सुन्दर शहर धरानलाई थप आकर्षक पर्यटक ...

गाउँपालिकाको गाडीमा ...

विराटनगर / सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved