पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरेमा सञ्चालन भएको २ दिने निशुल्क शिविरमा नगरका १२ जनाको स्थायी वन्ध्याकरण गरेका छन् । सुनौलो परिवार नेपाल मेरी स्टोप सेन्टर र स्वास्थ्य कार्यालय मोरङको संयुक्त प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १० जना महिलाले मिनिल्याप र २ पुरुषले भ्यासेक्टोमी गरेर परिवार नियोजनको स्थायी उपाय अपनाएका छन् ।

लामो अवधिको अस्थाई परिवार नियोजनका रुपमा ९ जना महिलाले इम्प्लान्ट र ३ जनाले आइयुसीडीको सेवा लिएका छन् । सेवा लिन आएकामध्ये ५ जनाले स्वास्थ्यका कारण सेवा लिन नमिलेको स्वास्थ्य चौकीका याम खड्काले जनाए ।