हडतालमा सहभागी भएको आरोपमा हजारौँ श्रमिकले रोजगारी गुमाए

alt
  • माघ १५, २०७५
  • १८४ पटक पढिएको
  • एजेन्सी

ढाका, बङ्गलादेश /  बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको प्रहरीले मङ्गलबार जनाएको छ । जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । 

केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरूद्ध भएको थियो ।  
बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको मृत्यु भएको छ भने ५० जनाको मृत्यु भएको छ । 
प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्वद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका हुन् । 

तर श्रमिकहरूको संगठन ट्रेड यूनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको बताएका छन् ।  “अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको, एक प्रहरीले नाम गोप्य राख्ने शर्तमा एएफपीलाई बताए ।” 

बङ्गलादेशको एउटै गार्मेन्टमा काम गर्दै आएका र महिनावारी ९५ अमेरिकी डलर आम्दानी रहेका एक हजार २०० भन्दा बढी कामदारलाई हटाइएको यूनियनको दावी छ । 

ट्रेड यूनियनले कामबाट हटाइएका कामदारको सङ्ख्या करिब सात हजार पुगेको र करिब १०० जनालाई पक्राउ गरिएको बताएका छन् ।  तर इन्डस्ट्री अल बङ्गलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने यूनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफै काममा नफर्किएको बताए । 

करिब तीन हजार कामदार, जसले उद्योगविरोधी गतिविधिमा सहभागी बने, विरुद्ध विभिन्न मुद्दा दर्ता भएका र धेरैले उद्योगमा नफर्किने निर्णय गरेका छन्, उनले एएफपीसँगको कुराकानीमा बताए ।  मुलुकभर प्रहरी नियन्त्रणमा लिइएका भनिएका कामदारबारे प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन । 

बङ्गलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन् जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन् । बङ्गलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ ।  बङ्गलादेशले सामानको नियातबाट गर्ने आम्दानीमा करिब ८० प्रतिशत हिस्सा समुद्रपारको कपडा व्यापारबाट नै हुने गर्छ । 

पथरी क्याम्पसमा स्ना

पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी

धरानमा मन्त्र व्याण्

जिरोपोइन्ट/ यही फागुन १२ गते धरानमा मन्त्र व्याण्ड आउने

धर्मेन्द्रको ‘कता हि

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो

ताप्लेजुङका व्यवसायी

ताप्लेजुङ/ बैंकको ब्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved