इटहरी/ मदन भण्डारी स्मृती इटहरी गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा पाहुना टोली सिएफसी भुटान नेपाल पुलिस क्लब सामु निरिह बन्न पुग्यो । नेपाल पुलिसले भुटानलाई २-० गोल अन्तरले पराजित गदै लिग लिडर मनाङ मर्साङ्दी सँगको सेमि फाईनलको यात्रा सुरक्षित गरेको छ । भुटानले खेल अबधीभर उत्कृष्ट प्रर्दशन गर्ने नसक्दा पाहुना टोलीभुटान पहिलो खेलबाटै बाहिरिएको हो ।

खेलको सुरु देखि नै पुलिसको दबावमा रहेको भुटानले पहिलो हाफमा भने बराबरीमा रोक्यो । पहिलो हाफमा काउण्टर एट्याक्क उत्रिएको पुलिसले बारम्बार पोल एटेम गरे पनि गोल गर्ने भने असफल बनेको थियो ।

पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफको १७ मिनेटमा रवि पासवानको पासमा अविशेक रिजालले उत्कृष्ट गोल गदै टिमलाई अग्रता दिलाए । बारम्बार गोल गर्ने मौका पुलिसका रवि पासवानले चुकाएका थिए ।

दोस्रो हाफको ३ मिनेट थपेको इन्जुरी टाईमको पहिलो मिनेटमा पुःन पुलिसका अविशेक रिजालले डिभक्स भित्र वान वाई वानमा सानदार गोल गदै आफ्नो टिमको जित सुनिश्चित गरे । खेलको सुरु देखि गोल गर्ने मौका गुमाउँदै आएका अविशेक रिजालले दोस्रो हाफ पछि आफ्नो टिमलाई अग्रता दिलाए ।

नेपाल पुसिलका कोज अनन्तराज थापाले आफ्नो टिम बलियो र टेक्नीकल खेलेर प्रतियोविगा जितेको बताए ।

भुटानले धेरै अवसर चुकाउँदा गोल असफल भएको भुटानका आशिष,अविशेक थापाले पहेलो कार्ड पाए । भुटानको कमजोर प्रर्दशनकै कारण पहिलो हाफमै बाहिरिनु परेको सिएफसी भुटानका कोज विकास प्रधानले बताए ।

उनले भने हाम्रो खेलाडीले उत्कृष्ट प्रर्दशन गर्ने भने नसकेकै हो । केहि नयाँ खेलाडी सहित मौदानमा आएको बताउँदै कोच प्रधानले भने खेल हो हार जित भई हाल्छ । अर्को बर्षे थप तयारीको साथ इटहरीमा खेल्न आउँने छौ उनले थपे ।

खेलको म्यान अफ द म्याच पुलिसका अबिशेक रिजाल घोषित भए । उनले नगद १० हजार नगद सहित मेडल प्राप्त गरेका छन् । भोलीको पहिलो सेमिफाईनल खेल नेपाल आर्मी र मेची नेत्रालय काकडभिट्टा वीच हुने छ । नेपाल आर्मी थ्रि स्टारलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो भने मेची नेत्रालयले दोस्रो पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल टिमलाई हराएको थियो ।

झापा ११का खेलाडीले भरिएको मेची नेत्रालय र नेपाल आर्मी वीचको खेल निकै रोमान्चक हुने देखिन्छ । प्रतियोगिताको विजेताले नगद १६ लाख सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख नगद सहित ट्राफि प्राप्त गर्ने छ ।गोल्डकप विजेताले १६ लाख र उपविजेताले ८ लाख नगद पाउँने छन ।