तीन खेलमा सात कलेज विजयी

alt
  • माघ १६, २०७५
  • १९३ पटक पढिएको
  • ब्लाष्ट खबर

विराटनगर/ विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा मंगलबार भएको विभिन्न तीन खेलमा सात कलेज विजयी भएका छन् ।  एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । त्यस्तै क्रिकेटमा मेरिल्याण्ड र अरनिको भए भने भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएको हो ।

हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा कोसी कलेजकी सविता श्रेष्ठ प्रथम, अर्किड कलेजकी ज्योति त्रिताल दोस्रो र अर्किडकै विन्दु चौधरी तृतीय हुँदै उपाधि जिते ।

छात्र १ सय मिटर दौडमा मेरिल्याण्डका समिर कठायत प्रथम, मेरिल्याण्डकै समिर क्षेत्री दोस्रो र कान्तिपुरका योगबहादुर खड्का तृतीय हुँदै उपाधि जितेका छन् ।  त्यसैगरी क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले कोसी कलेजलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरको छ ।

दोस्रो खेलमा अरनिको कलेजले अर्किड कलेजलाई ४८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको अरनिकोले १८ ओभर ३ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो ।

जसमा अदिस रायले १४ र अभिज्ञान यादवले ११ रन बनाए । बलिङमा अर्किडका सुरेन मण्डलले ४ विकेट लिए भने मंजिल कामत र सिद्धार्थले २–२ तथा मोहित अर्याल र प्रदीपले १–१ विकेट लिए ।

८६ रनको विजयी लक्ष्य पछ्याएको अर्किडले १६ ओभर ३ बलमा सबै विकेटको क्षतिमा ३८ रनमै समेटियो । जसमा मोहित अर्याल र मंजिल कामतले ८–८ रन बनाए । बलिङमा अरनिकोका म्यान अफ द म्याच अभिज्ञान यादव र अमित झाले २–२ विकेट लिए भने प्रशान्त पोखरेलले १ विकेट लिए ।

त्यस्तै भलिबल छात्रातर्फ रेडस्टार कलेजले कोसी कलेजलाई २५–२२ र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । रेडस्टारले बुधबार उपाधिका लागि शिक्षादीप कलेजसँग प्रतिस्पर्धा गर्नेछ । छात्रतर्फ मोर्डनएरा कलेजले कोसी कलेजलाई १६–२५, २५–२१, २३–२५, २५–२३ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

मोर्डनएराले उपाधिका लागि बुधबार सिर्जना ज्ञान कुञ्ज र कान्तिपुरबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ । छात्रतर्फकै अर्को खेलमा सिर्जना ज्ञान कुञ्जले २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । म्यान अफ द म्याच बाल्मिकीका उज्वल चौहान भए ।

हिसान स्पोर्टस् मिटअन्तर्गत बुधबार फुटबल, क्रिकेट र भलिबलका खेलको फाइनल खेल हुनेछ । फुटबलमा मोर्डनएरा र ग्रिनल्याण्डबीच हुनेछ । क्रिकेटमा अरनिको र मेरिल्याण्डबीच हुनेछ ।

रवि लामिछानेसहित ३ ज

चितवन / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानवि

संस्थानका कर्मचारी

धरान / नेपाल खानेपानी संस्थानको धरान शाखा धरान खानेपानी

अण्डर १६ साफकालागि न

इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्य


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved