वराहक्षेत्र / ‘प्रथम वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ वराहक्षेत्र–७ स्थित वसन्तऋतु माविको प्राङ्गणमा शुरु भएको छ ।

वराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा नगरका निजी र सामुदायिक गरी २६ विद्यालय सहभागी रहेको नगर खेलकुद विकास समितिका संयोजक आशाराम चौधरीले जानकारी दिए ।

४ दिने प्रतियोगिताअन्तर्गत बुधबार १ सय मिटर हिट दौड, ८ सय मिटर हिट दौड, छात्रछात्रा लङजम्प हिट, मार्सलआर्ट, भलिबल र कबड्डी खेल सम्पन्न भएका छन् ।

barahakshetra-president-running-cup1

लङ्जम्पअन्तर्गत वराहक्षेत्र–११ स्थित जनता माविका छात्र सुशील उराव प्रथम भए । द्वितीय वराहक्षेत्र–८ स्थित जीवनज्योति इङ्लिस स्कुलका शुलभ राई भए । तृतीय भने सनसाइन इङ्लिस स्कुलका पारस थापा भए ।

मार्सलआर्टतर्फ वराहक्षेत्र–८ स्थित जनक माविकी शकुन्तला राई प्रथम भइन् । द्वितीय जडेज मावि कालाबञ्जारकी राधिका राजधामी र वराहक्षेत्र ६ स्थित सुनसरी गार्डेन स्कुलकी एलिजा मगर भए । तृतीय वराहक्षेत्र–२ स्थित आदर्श माविकी अञ्जली राई भइन् ।

छात्रा भलिबल खेलअन्तर्गत महेन्द्र मावि वराहक्षेत्र–६ र कोशी मावि वराहक्षेत्र–८ बीच सम्पन्न खेलमा महेन्द्र मावि विजयी भयो । दोस्रो खेल प्रकाश मावि वराहक्षेत्र–१० र जडेज मावि वराहक्षेत्र–५ बीचको खेलमा जडेज मावि कालाबञ्जर विजयी भयो । त्यस्तै आदर्श मावि चतरा र जीवनज्योति इङ्लिस स्कुल वराक्षेत्र–८ बीच भएको खेलमा आदर्श मावि विजयी भयो ।

barahakshetra-president-running-cup3

छात्रतर्फको भलिबल खेलमा जनता मावि वराहक्षेत्र–३ र महेन्द्र मावि वराहक्षेत्र–७ बीच भएको खेलमा महेन्द्र मावि विजयी भयो । जीवनज्योति र सरस्वती मावि वराक्षेत्र–४ बीच भएको खेलमा जीवनज्योति विजयी भयो ।

त्यस्तै छात्र कबड्डी खेलमा आदर्श मावि र प्रकाशपुर डोबर्ड स्कुल वराहक्षेत्र–१० बीच सम्पन्न खेलमा आदर्श विजयी भयो । राजवास बोर्डिङ स्कुल र महेन्द्र मावि बीचको खेलमा भने राजाबास विजयी भयो । छात्रा कबड्डीअन्तर्गत वसन्त ऋतु माविलाई जनता माविले हरायो ।

प्रकाशपुर डोबर्ड र महेन्द्र मावि वराहक्षेत्र–६ बीचको खेलमा महेन्द्र मावि विजयी भयो ।

barahakshetra-president-running-cup4