पथरी / पथरीशनिश्चरे—१, स्थीत सुनाखरी चौकमा स्थापीत सुनाखरी युवा क्लबले नगर स्तरीय फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक गरेको छ ।
 
बिहिबार पथरीको मोनहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै गत अशोजमा आयोजना गरेको प्रथम पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक गरेको हो । अशोज २२ देखि २९ गतेसम्म भएको फुटवल प्रतियोगितामा १६ हजार ४ सय नाफा गरेको छ । प्रतियोगिता सम्पन्न गर्दा ६ लाख ११ हाजर १ सय ५ रुपैया खर्च भएको कोषाध्यक्ष जोन सुब्बाले बताए । 
 
प्रतियोगिताको लागि नगद ६ लाख २७ हजार ५०६ रुपैया आर्थिक संकलन भएको खेल संयोजक विश्व राईले बताए । प्रतियोगिताको लागि कबोल भएको १ लाख ५० हजार रकम उठ्न बाँकी रहेको क्लवका अध्यक्ष मिलन राईले बताए । नगर खेलकुद विकास समितिका संयोजक मनि लिम्बूको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।
 
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ११, द्धितीय हुनेलाई ३१ हजार १ सय ११ रुपैंया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरेको थियो । प्रतियोगितामा पूर्वका ८ वटा टिम सहभागी भएका थिए । आयोजक सुनाखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लव सहभागी भएका थिए ।
खेलको उपाधि लेटाङले चुमेका थिए । आगामी दिनमा पुरस्कारको राशीलाई बढाएर प्रतियोगिता गर्ने नगर खेलकुद विकास समितिका संयोजक मनि लिम्बूले बताए ।