इटहरी । लिग लिडर मनाङ मस्याङ्ग्दी क्लब काठमाडौको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइलनमा पुगेको छ ।
नेपाल पुलिस क्लबलाई १–० गोलले स्तब्त बनाउँदै मनाङ फाइलनमा पुगेको हो । विदेशी खेलाडी ओलाओलेले गोल गरे । खेलको म्यान अफ द म्याच मनाङका ओलाओले घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । अब मनाङले आर्मीसँग भिडन्त गर्ने छ ।
प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैया पाउँने आयोजक राष्टिय जागृति क्लबले जनाएको छ ।