हिसान स्पोर्टस् मिट सकियो ! क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरालाई उपाधि

alt
  • माघ १८, २०७५
  • ९६ पटक पढिएको
  • ब्लाष्ट खबर

विराटनगर/ ८ औं हिसान स्पोर्टस मिट सकिएको छ । विराटनगरमा बुधबार साझ सम्पन्न भएको क्रिकेटमा विराटनगर स्थित मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा र छात्रा भलिबलमा पथरीको रेडस्टारले उपाधि जितेको छ ।

हिसान मोरङले आयोजना भएको भएको क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ थालेको अरनिकोले १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १०० रन बनाएको थियो ।

जसमा राजा यादवले ४२ र प्रज्ज्वल श्रेष्ठले १२ रन बनाए । बलिङ मेरिल्याण्डका सक्षम कार्की र शुभज्ञराज पाण्डेल २-२ तथा गौरव राय र कृष्ण मण्डलले १-१ विकेट लिए ।

१०१ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्याण्डले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । जसमा मुकेश कामतले ४०, सक्षम कार्कीले २१ र राकेश रायले १० रन बनाए । बलिङमा अरनिकोका प्रशान्त साह, आयुष भगत र विक्रम यादवले १-१ विकेट लिए । म्यान अफ द फाइनल मेरिल्याण्डका मुकेश कामत भए ।

म्यान अफ द सिरिज अरनिकोका विक्रम यादव, उत्कृष्ट ब्याट्समेन मेरिल्याण्डका सकिब हक, उत्कृष्ट बलर मेरिल्याण्डका सक्षम कार्की र उदयमान खेलाडी अरनिकोका प्रशान्त पोखरेल भए ।

छात्रा भलिबलमा पथरीको रेडस्टार कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । छात्र भलिबलको फाइनल खेल शनिबार हुनेछ । त्यस्तै फुटबलमा मोर्डनएरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई २-१ गोलमा हराउँदै उपाधि जितेको हो । खेलमा ग्रिनल्याण्डका सागर राईले गोल गर्दै अग्रता दिलाएको लगतै मोर्डनएराका अनुप मगरले गोल गरी खेललाई बराबरी पारे ।

मध्यान्तरपछि मोर्डनएराका म्यान अफ द फाइनल अनुप मगरले गोल गर्दै टिमलाई विजयी दिलाए ।

प्रतियोगिताको खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, एसएसपी किशोर दाहाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरेका थिए ।

पथरी क्याम्पसमा स्ना

पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी

धरानमा मन्त्र व्याण्

जिरोपोइन्ट/ यही फागुन १२ गते धरानमा मन्त्र व्याण्ड आउने

धर्मेन्द्रको ‘कता हि

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो

ताप्लेजुङका व्यवसायी

ताप्लेजुङ/ बैंकको ब्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved