इटहरी/ लिग लिडर मनाङ मस्र्यार्दी क्लब काठमाण्डौका अफिज ओलाओले चम्कदा मदन भण्डारी स्मृती इटहरी गोल्डकपमा नेपाल पुलिस स्तब्ध बन्न पुगेको छ । विहीबार भएको अन्तिम सेमिफाईनल खेलमा नेपाल पुलिसलाई १-० गोल अन्तरले पराजित गदै लिग लिडर मनाङले फाईनलको यात्रा तय गरेको हो ।

लिग लिडर मनाङले खेलको सुरु देखि नै दबावमा राखेको थियो । ५ ,४ एकको सेटमा मौदानमा उत्रिएकाके मनाङले स्टाईगर विदेशी खेलाडी ओलाओले र अन्जन विष्टको ताममेल मिल्दा पुलिस सुरुवाती समय देखि दवावमा रहेको थियो ।

ओलाओले र अन्जन विष्टले बारम्बार पोल एटेम गरेका थिए ।दवावमा परेको पुलिसलाई पहिलो हाफको ४३ औ मिनेटमा हेमन गुरुङको पासमा ओलाओलेले गोल गदै आफ्नो टिमलाई १-० को अग्रता दिलाए । उक्त गोल नै निर्णाय बन्न पुग्यो ।

पुलिसलाई निकै दबावमा राखेको मनाङले थप गोल गर्ने भने सकेन । मनाङका मेन डिफेण्डर रहेका असिस महोम्मदले मौदानमा उत्कृष्ट प्रर्दशन गरे । भारतीय खेलाडी रहेका उनले पुलिसको हरेक बललाई क्लियर गरेका थिए ।

मनाङका पहिलो हाफको अन्तिम समयमा निकै राम्रो गोल गर्ने अवसर पाएको मनाङका विमल राणाले गरेको हेड सेकेण्डबार छेउ बाट बाहिरीएको थियो । दर्शकहरुले खचाखच भरीएको इटहरी रंगशालामा मनाङका खेलाडीको खुट्टामा गोल पर्ने साथ दर्शकको हुटिङ हुन्थ्यो ।

१-० ले पछि परेको पुलिसदोस्रो हाफमा आफ्नो रणनिति बदल्दै रक्षात्मक खेल खेलेको थियो । खेलको ५ मिनेटको इन्जुरी टाईममा डिबक्स एरिया नजिकैबाट लगातार ३ पटक फ्रि किक गर्ने चुक्दा पुलिस सेमिफाईनलबाटै बाहिरीएको हो ।

पुलिसका कोच ठगबहादुर केसीले प्रतियोगितामा पुलिसले राम्रो खेले पनि गोल गर्ने नसक्दा आफुहरुले हार ब्यर्होनु परेको जनाए । डिबक्स भित्र भएको हेण्डलाई रेफ्रीले नदेखेको आरोप लगाए । उनले भने सबैले देखेको हेण्डबल रेफ्रीले नदेख्नु गलत हो ।

यता फाईनको यात्रा सुरक्षित गरेको लिग लिडर मनाङका कोज फुजा तोपेले आफुहरु इटहरीको प्रतियोगिताको सिल्ड उचाल्ने बताए । हाम्रो टिम बलियो छ हामी प्रतियोगिता विजेता बन्छौ उनको दावी थियो ।

शनिबार हुने फाईनल खेल सिमरा गोल्डकपको उपविजेता त्रिभुवन आर्मी क्लब काठमाण्डौ र लिग लिडर मनाङ विच फाईनलमा भेट हुने छ । खेलको म्यान अफ द म्याच मनाङका ओलाओले घोषित भए ।

उले नगद १० हजार पाए । प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैया पाउँने आयोजक राष्टिय जागृति क्लबले जनाएको छ ।