सिरहा/ कला संस्कृती हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान भन्ने मुल नाराका साथ सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा माघ २० आइतबारदेखि २९ गते सम्म सखुवानन्कारकट्टी ५ महेश्वारी थाना चौकमा ९ दिने झण्डा माहोत्सव हुदै छ ।

प्रदेश स्तरीय औधौगिक, कृषि, पर्यटन, सांस्कृतिक , सूचना, प्रबिधि तथा व्यापार मेला एवम् समग्र जिल्लाको पहिचान र स्थानिय उत्पादनलाई सातवटै प्रदेशमा पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सव मार्फत स्थानीय उतपादनको प्रवद्र्धन, लोक संस्कृतिकको जर्गेना, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन, उत्पादक र उपभोक्ता बीच सम्बन्ध अभिवृद्धि गर्ने उदेश्य लिइएको गाउँपालिकाको आयोजनामा बिहिबार भएको पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिदै गाँउपालिकाका अध्यक्ष तथा सखुवानन्कारकट्टी झण्डा महोत्सव आयोजना मुल समारोह समितिका अध्यक्ष केदारनाथ यादवले महोत्सवमा विशेष गरी कृषि, पर्यटन, स्थानिय उत्पादन, हस्तकला, लोक सांस्कृतिकलाई पहिलो प्राथमिकता दिएको छ ।

महोत्सवमा स्थापित कृषि वस्तुको प्रदर्शनी स्टलमा यस क्षेत्रका अगुवा कृषकहरुसँग कृषि क्षेत्रका समस्या र सम्भावनाबारे अन्तरक्रिया तथा कृषि सम्बन्धी  परामर्श समेत गरिने छ । ताजा तरकारीको प्रवद्र्धन गरी निर्वाहमुखी खेती प्रणलीबाट व्यवसायीक तरकारी खेतीतर्फ कृषकलाई उन्मूख गराउन सक्ने आयोजकले जनाएका छन् ।

महोत्सवको अवधिमानै यस भेगका विभिन्न जातजाति, धर्म, सम्प्रदायहरुको झाँकी प्रदर्शन गरिने छ भने विभिन्न शैक्षिक सामग्री बृहत पुस्तक प्रदर्शन समेत गरिने भएको छ । विभिन्न स्थानिय, राष्ट्रिय तथा छिमेकी मूलक भारतका ख्याति प्राप्त कालाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए ।

महोत्सवमा निशुल्क टिकटको व्यवस्था गरिएको छ । स्थानीय रुपमा निमार्ण भएका हस्तकलाका सामग्रीको प्रचार प्रसार गरी तिनको बिक्रि वितरण तथा र पुरस्कारको समेत व्यवस्था मिलाएको छ ।

महोत्सवको गतिबिधिबारे राष्ट्रिय स्तरका पत्रपत्रिका, स्थानिय एफएम, तथा स्थानिय पत्रपत्रिका, अनलाइन लगायतका मिडियाहरुबाट जानकारी तथा प्रचार प्रसार गराइने छ ।

महोत्सवको उद्घाटन पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले गर्नु हुने पत्रकार सम्मेलनमा बोल्दै यादवले महोत्सबमा जनचेतना मुलक कार्यक्रमहरु , स्वास्थ्य शिविर , बाल मनोरन्जनका कार्यक्रम , स्थानीय प्रतिभा उजागरका कार्यक्रमहरु , शिक्षामुलक कार्यक्रम समेत गरीने भएकोछ ।