सिराहा/ सिरहामा हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदि र सप्तरी सिरहा जोड्ने बलान नदिको पुल ६ महिनाभित्रमा निर्माण गर्न माग राखी एक महिनादेखि अनशन बसेका अनशनकारीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै हुलाकी सडक संघर्ष समितिले आक्रोश व्यक्त गरेको छ ।

हुलाकी सडक संघर्ष समितिले हुलाकी सडक अन्तर्गत सिरहा सदरमुकाममा पुस १७ गतेबाट सुरु गरेको अनशनस्थलमै पत्रकार सम्मेलन गरी आफ्नो माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने समितिका संयोजक रामरिझन यादवले जानकारी दिए ।

सडकमै आयोजित पत्रकार सम्मेलनमा हुलाकी संघर्ष समितिका संयोजक यादवले एक महिनादेखि अनसमा बसेपनि स्थानीय, प्रदेश तथा संघिय सरकारले आजसम्म कुनै प्रकारको सम्बोधन नगरेकोप्रति आक्रोश हुँदै उनले यो आन्दोलन वेवास्ता गरे अझैं सशक्त आन्दोलनमा जाने बताए ।

उनले महनादिनदेखि जारी अनसनलाई कम नआँक्न पनि चेतावनी दिए । मधेसको सम्वृद्धिको लागि हुलाकी सडक निर्माण अति आवश्यक रहेको संयोजक यादवले बताए । यादवले ह’लाकी राजमार्ग हुँदै जनकपुर पुग्न २५ किलोमिटरको मात्र दुरी छ तर यहाँका जनता अहिले एक सय किलोमिटर दुरी पार गरेर जनकपुर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सरकारले हुलाकी राजमार्ग निर्माणमा बेवास्ता गरेको यादवले बताए छ । उनले हुलाकी सडकभन्दा पछाडी निर्माण कार्य थालेको पूर्वपश्चिम लोकमार्गसहित अन्य मागहरुको पटक-पटक स्तरोन्नती भएपनि हुलाकी सडकको निर्माण सम्पन्न हुन सकेको छैन । यादवले भने, ‘यसले मधेसको समृतद्धिप्रति राज्यसत्ताले नै वेवास्ता गरेको देखिन्छ ।