भद्रपुर/ यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्र आफन्तलाइ जागिर लगाउने थलोको रुपमा प्रयोग गरी व्यत्तिले दुरुपयोग गरिरहेको बताएका छन् ।

झापा अर्जुनधारा नगरपालिका स्थित सालघारीमा शुक्रबारबाट शुरु हुने महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका मन्त्री विश्वकर्माले चन्द्रगढी स्थित खेदकुद विकास समितिले गरेको स्वागत कार्यक्रममा यस्तो बताएका हुन् ।

खेलकुद क्षेत्रलाइ व्यत्तिले चलाइरहेको उल्लेख गर्दै वितेको दश महिना यता कुनैपनि नयाँ कर्मचारी नियूत्ति नगरिएको उनले बताएका छन् ।  ऐन कानून बनाएर लोकसेवा मार्फत दक्षता अनुरुप कर्मचारी नियूत्ति गरिने उनको भनाइ छ ।

अन्य कार्यालयका कर्मचारी राष्टूसेवक हुने तर, खेलकुदमा काम गर्ने कर्मचारी किन नहुने उनको प्रश्न थियो ।

अन्य कर्मचारी सरह खेलकुद क्षेत्रमा कार्यरत कर्मचारीलाइ कसरी सेवा सुविधा दिलाउने र खेलकुदमा कार्यरत कर्मचारीको दरबन्दी सृजना गराउने विषयमा ‘क्याविनेटबाट पास भइसकेको उनले उल्लेख गरे ।

खेलसँग सबद्ध कार्यलयमा काम गर्ने थलो पनि व्यवस्थित नभएको उनको आरोप थियो । नयाँ ऐन अनुसार खेलकुद कर्मचारीलाइ पनि पेन्सनको व्यवस्था गरी प्रशासनिक क्षेत्रलाइ सुधार गर्ने तर्फ लागि परेको उनको धारणा थियो ।

खेलकुदमा भएका विवादित सङघलाइ एउटै बनाएर विधिपूर्वक र मर्यादित वनाउनको निम्ति उपाध्यक्ष पिताम्बर तिमल्सेनाको संयोजकत्वमा कार्यदल वनाएर काम गरीरहेको उनको भनाइ थियो ।

खेल क्षेत्रको विकासमा योगदान गरेर माथि उठाउन सवै एकजुट हुन उनले कर्मचारीलाइ निर्देशन दिएका थिए ।  खेल क्षेत्रको गरिमा उठेमा विकास र समृद्धिमा टेवा पुग्ने निश्चित भएको उनको भनाइ थियो ।

आफनो काममा निष्ठापूर्वक लागेर कर्तव्य र दायित्व पूरा गर्ने क्रममा कुनै समस्या आए केन्द्रमा जानकारी गराउन उनले जनाए ।