इटहरी/ इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रण अन्तराष्टिूय आमन्त्रण गोल्डकपको उपाधीका लागि लिग लिडर मनाङ मस्र्याङ्दी र विभागीय टिम त्रिभुवन आर्मी क्बल काठमाण्डौ आज (शनिबार) भिड्दैछन् ।

निकै रोजक पूर्ण हेरीको यो प्रतियोगिताको उपाधी कसले उठाउँला भन्न सक्ने अवस्था भने छैन । तर दुबै टिमले उपाधी आफुहरुले चुमेरै छोड्ने दाबी गरेका छन् ।

शुत्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै मनाङका कप्तान सुजल श्रेष्ठले विपक्षी टिम निकै बलियो रहे पनि आफ्नो टिमले रणनीति बदल्दै प्रतियोगिता जित्ने दावी गरे ।

यसअघिका खेलहरूमा अधिकांश ‘मिसपास’ भएकाले फाइनलमा त्यसलाई कम गदै टिमलाई बलियो बनाउँने बताए । हामी प्रतियोगितामामा उपाधी चुम्ने दाउँमा छौ उनी भन्छन् ।

यता, प्रशिक्षक फुजा टोपेले आर्मीसँग पटकपटक भिडेकाले उनीहरूको बारेमा जानकारी रहेको बताए । आफुहरु पहिला देखि नै जित्ने दाबी गदै आएको बताउँदै टापेले भने हामी यो प्रतियोपिगताको उपाधी जित्छौ । यस अघि आफुहरु सिमरा गोल्डकपमा जितेको टिमलाई समेत पाखा लगाएको भन्दै यो प्रतियोागिातमा जित्छौ उनले भने कसरी उपाधी जित्ने भन्ने नै हाम्रो फोकस हुनेछ ।’

२०७५ को सिजनमा मनाङले राष्टिूय लिगसँगै भारतको ३८ औ प्रतिष्ठित गभर्नर्स गोल्डकपको उपाधी जितेको छ भने आर्मीले वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधी आफ्नो पोल्टामा पारेको छ ।

मदन भण्डारीको गत संस्करणमा मनाङ उपविजेता भएको थियो । प्रतियोगितालाई रोमाञ्चक रुपमा हेरिएको छ ।

आयोजक राष्टिूय जागृति क्बलका अध्यक्ष संजिव ढुंगानाले भने प्रतियोगिमा दुबै पक्षले जित्ने दावी गरे पनि प्रतियोगिता हेर्न दर्शक मौदानमै जानु पर्ने बताए ।

उनले अघिल्लो बर्षको तुलनामा यो बर्ष पनि दर्शकहरुको घुईचो हुने उनको भनाई थियो । हामी प्रतियोगितालाई ब्यवस्थित गर्ने लागी परेका छौ उनले भने ।

प्रतियोगितामा विजेताले १६ लाख नगद र उपविजेताले ८ लाख नगद पाउँने छन ।