इटहरी / मदन भण्डारी स्मृतिअन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका आज भएको फाइनलमा लिग च्याम्पियन मनाङलाई हराउदैं आर्मी क्लबले उपाधी चुमेको छ ।
गत बर्ष थ्रि स्टारसँग फाइनलमा हारेको बदला लिदै आर्मीले १६ लाख रुपैयाँसँगै उपाधी हात पारेको छ । आर्मीले लिग च्याम्पियन मनाङलाई २–० को अन्तरमा विजय हासिल ग¥यो ।
आर्मीका लागि खेलको ६औं मिनेटमा टंक बस्नेतले गोल गरे । उनी सर्वोत्कृष्ट खेलडाीसमेत घोषित भए । उनले कर्नरबाट आएको बललाई डि बक्स बाहिरबाट गोल गरे । दोस्रो हाफको ७० औं मिनेटमा मनाङलाई पुन झड्का लाग्यो । मनाङका स्ट्राइकर आफिज ओलाओलेले डि बक्स भित्र आर्मीका किपर बिकेश कोथुलाई फल गरेपछि उनले रेड कार्ड पाए । खेलको इन्जुइरी समयमा आर्मीका कप्तान भरत खवासले पुन अर्को गोल थपेर टिमलाई विजय बनाए ।

बिजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार प्रदान गरे ।