सप्तरी / जिल्ला सप्तरी बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित कन्कट्टाबाट दिलवाले, गौरब, कस्तुरी, उमग नामक करिव तीन लाख साठ्ठी हजार मुल्य बराबरको अवैध मदिरा आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारत तर्फ भन्सार छलि लैजादै गरेको १ ख १९२७ नम्वरको मिनि ट्रक, स १ ह २८५९, स १ ह ३०८२ र स १ ह २७२२ नम्बरको अटो रिक्सालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको अवैध मदिरा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा ४ वटै सवारी साधनको चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।
६५ ओटा गाई र गोरु नियन्त्रणमा
यसै गरी जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी मौवा, सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका–४ बलान खोला स्थितबाट नेपालबाट भारत तर्फ भन्सार छलि गरी लैजादै गरेको अवस्थामा तीन लाख एघार हजार मुल्य बराबरको ६५ ओटा गाई र गोरु शनिबार राति नियन्त्रणमा लिएका प्रदेश प्रहरी कार्यालय प्रदेश न.२ का प्रवक्ता डिएसपी दानबहादुर थापा बताए ।