बिर्तामोड /  ठेकेदारले खोलाजन्य सामग्री ढुवानीमा रोक लगाए पछि आन्दोलित मजदुरले आइतबार अर्जुनधारा नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।
नारावाजी गर्दैं नगरपालिका कार्यालयमा पुगेका मजदुरले प्रदर्शन गरे पछि आइतबार दिनभर नगरको काम प्रभावित भएको छ । प्रदर्शनको समयमा नगरपालिकाको दुइवटै गेट बन्द गरेर मजदुरको समुहलाई भित्र प्रवेश गर्न रोक लगाइएको थियो । रोक लगाए पछि उनीहरुले भित्र ढुङ्गामुडा गरेका छन् ।

4
मजदुरको समुहले प्रहार गरेको ढुङगाले नगरपालिका कार्यालयको गेट, झ्यालको सिसा, चारवटा सरकारी गाडी, र ग्रिल तोडफोड गरेको प्रहरी चौकी शनिश्चरेका प्रमुख राजन खड्काले जानकारी दिए । नगरपालिकामा मजदुर प्रतिनिधि र नगरप्रमुखबीच भइरहेको छलफलका क्रममा बिमति राख्दै बाहिर निस्किएका मजदुरले तोडफोडमा उत्रिएको खड्काले जानकारी दिए । प्रदर्शनकारीको ढुङगा लागेर प्रहरी हवल्दार सोमनाथ खवास घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि एक महिला घाइते भएको खड्काले जनाए ।

1 copy
आइतबार साँझसम्म कार्यालय घेराउ गरे पछि नगरप्रमुखलगायत नगरपालिकामा थुनिएका छन् । मजदुरले नगरपालिका भवनबाट पछि हट्न अटेर गरेपछि प्रहरीले लाठीचार्ज गरेर भिड लाई तितर बितर बनाएको छ ।
खोलाजन्य सामग्री संकलनको ठेक्का पाएको एसयुएस कन्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुर बेरोजगार भएका छन् । नगरले तोकेको स्थानबाट निकालिएको सामग्री ओसार पसारमा निर्माण कम्पनिले रोक लगाएपछि खोलामा आश्रित मजदुहरु बेरोजगार भएका हुन् ।