टर्कीमा नेपाल प्रवद्र्धन

alt
  • माघ २३, २०७५
  • ४८ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौँ /  नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३आँै स्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो । 

यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसाबले फलदायी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलामा नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हात पारेको छ । टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षमा धेरै एशियाली देशका लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो । 

बोर्डले टर्कीमा नेपाल प्रवद्र्धनका लागि केही वर्षदेखि निरन्तर रूपमा इएमआइटीटीमा सहभागिता जनाउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० को पूर्र्वसन्ध्यामा राम्रो बजारीकरण रणनीतिका साथ यसको उपस्थिति विस्तार गर्न र नयाँ स्रोत बजारको खोजी भइरहेको बताए । इएमआइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशाला र बीटुबी सञ्जाल सत्रमा उपस्थिति जनाएको थियो । अन्तर्राष्ट्रिय अपरेटरको गन्तव्यसूचीमा नेपाललाई राख्न बोर्डका पदाधिकारीले अनुरोध गरेका थिए । नेपालको कक्षले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त गरेको थियो भने १० हजारभन्दा बढीले ती कक्षको अवलोकन गरेका थिए । इस्तानबुल र काठमाडौँबीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन बढ्दै गएको छ । 

पथरी क्याम्पसमा स्ना

पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी

धरानमा मन्त्र व्याण्

जिरोपोइन्ट/ यही फागुन १२ गते धरानमा मन्त्र व्याण्ड आउने

धर्मेन्द्रको ‘कता हि

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो

ताप्लेजुङका व्यवसायी

ताप्लेजुङ/ बैंकको ब्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved