धरान  / वुमन वर्थ गु्रपको आयोजनामा विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरि आयोजना हुन लागेको मिसेस स्टेट १ सिजन टुको दोस्रो चरणको अडिसन वुधवार भएको छ ।
दोस्रो अडिसनमा ५ जना विवाहित महिलाहरुले अडिसन दिएका छन । उनीहरुलाई महिला संजाल धरानकी अध्यक्ष सविता चाम्लिङ राई, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद संचारकर्मी विकास चाम्लिङ राई र कोरियोग्राफर डिजे ललित राईले अडिसन लिएका छन । पहिलो अडिसनमा आउन छुटेका तथा फर्म भरेकाहरु समेत कार्यव्यस्तताले आउन नपाएकाहरुका लागि दोस्रो अडिसन गरिएको वुमन वर्थ गु्रपका अध्यक्ष सुजाता श्रेष्ठले जनाए ।
विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरि आयोजना गर्न लागिएको मिसेस स्टेट १ सिजन टुका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः नगद एक लाख रुपैया, ५० हजार, २५ हजार रुपैया, क्राउन, ट्फि र गिप्mट ह्याम्पर प्राप्त गर्नेछ ।
छनौट भएकाहरु र उनीहरुको अविभावकहरुको साथमा प्रशिक्षण अघि फागुन २६ गते शनिवार अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाए । अडिसन धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टमा भएको थियो । कार्यक्रमको ग्रान्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुने छ ।