उच्च क्षेत्रमा वर्षा, किसान उत्साहित

alt
  • माघ २४, २०७५
  • १४३ पटक पढिएको
  • ब्लाष्ट खबर

चरिकोट / : दोलखाको उच्च भागमा आज बिहानैदेखि भएको हिमपात र वर्षको कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ भने यहाँका किसान उत्साहित भएका छन् । 

जिल्लाको कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङ डाँडालगायतका उच्च भागमा बिहानैदेखि हिमपात भएको छ भने जिल्लाको अधिकांश भागमा वर्ष भई रहेको छ । वर्षसँगै चिसो बढेपछि उच्चभागमा बसोबास गर्ने वृद्धवृद्धा र बालबालिका चिसोको उच्च जोखिममा परेका छन् । 

भूकम्पबाट क्षति भएको दोलखामा पुनःनिर्माणको काम सम्पन्न भई नसक्दा अस्थाई टहरामा बसोबास गर्दै आएका भूकम्प पीडितको जनजीवन प्रभावित बनेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेका पर्यटकीय क्षेत्र कालिञ्चोकमा एक साताअघि मात्र परेको बाक्लो हिमपात नसकिँदै पुनः बिहानैदेखि बाक्लो हिमपात शुरु भएको छ । 

हिमपात भएसँगै स्थायीय होटल व्यवसायी उत्साहित भएका छन् भने सामान ढुवानीका लागि समस्या हुने कुरीका होटल व्यवसायी हरी ओलीले बताए  । जिल्लाको अधिकांश ठाँउमा भएको वर्षासँगै किसान भने खुसी भएका छन् । जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्द, गहुलगायतको बालीलाई माघमा भएको वर्षले राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानहरु उत्साहित भएका छन् । 

बेलवारीबाट पेस्तोल स

मोरङ । प्रहरीले आइतबार साँझ २ थान पेस्तोल सहित २ ज

धरानलाई पर्यटन पालिक

 देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरान

सामुहिक बलात्कार गर

ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई

पानी पीडाः हुँनेखाने

धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका ला


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved