सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

alt
  • माघ २५, २०७५
  • १४५ पटक पढिएको
  • रासस

धरान /  कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गरे । 

पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका लागि कार्यालय स्थापना गरेर काम अघि बढाउन लागिएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले बताए । उक्त केन्द्रमा व्यायमशाला, सवारी साधन पार्किङ, स्वीमिङ पुल, खाजा घरदेखि मनोरञ्जनसहित थुप्रै सुविधा हुने बताइएको छ । 

सवारी दुर्घटना न्यूनीकरण गर्न र चालकको आरामका लागि उक्त केन्द्र बनाउन यही माघ २ गते मन्त्रिपरिषद् बैठकले एक करोड ६८ लाखको लागतमा सो केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

उक्त केन्द्र स्थापनाका लागि कोशी गाउँपालिकाले पूर्व–पश्चिम राजमार्गको उत्तर दक्षिण १३ बिगाहा जमिन अधिग्रहण गर्नाका साथै रू ५० लाख लगानी पनि गरिसकेको कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले बताए । 

उपाधिका लागि रेडस्टा

ताप्लेजुङ/ चौथो पाथीभरा गोल्डकप उपाधिका लागि डिफेन्डिङ

धरानमा फरक तीज उत्सव

धरान / तीज आउन एक महिना अघि महिलाहरु भेला भएर नाचग

प्रदेश २ को नाम ‘जान

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले प्रदेश २ क

प्रधानमन्त्री ओली सि

  काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved