इस्लामाबाद । () ः पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त भएकी छिन् । 

अरु १७ जनासहित पक्राउ परेकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उनलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ । 

उनीहरुलाई पठान संबद्र्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए । 

“यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहा थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ,” उनले हिरासतमुक्त भएपछि एएफपीसँग भनिन् । 

उनी जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक छिन् । विशेष गरेर लैङ्गिक समानताका लागि काम गर्दै आएकी इस्माइलीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छिन् ।