नयाँ दिल्ली /  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गरे  । प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गरेका हुन । 

उनले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै अध्यक्ष गान्धीले आउँदो लोकसभाको निर्वाचनमा काँग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कङ्ग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताए । 

“यदि कसैले नरेन्द्र मोदीलाई मसँग दश मिनेट खुल्ला बहसमा आमन्त्रण गरे उनी सहमत हुनुहुनेछैन,” गान्धीले चुनौतिको भाषामा भने । 

राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले थपे , “मैले भनिरहेको छु नि उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु ।”  भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्न थालेको छ ।