वराहक्षेत्र / वराहक्षेत्रको प्राचिन हरिद्वार चतराधाममा शनिवारदेखि हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने कार्यक्रम रहेको छ । ।

राष्ट्रपति भण्डारीले दिउँसो १ वजे तारक ब्रह्म महायज्ञको समुददघाटन गर्ने कार्यक्रम रहेको रामानन्दाचार्य सेवापीठका महासचिव श्याम पौडेलले बताए ।

शुक्रवार नै ईटहरी आईसकेकी राष्ट्रपति भण्डारीले त्यँहास्थित सेवापीठको, साढे आठ करोडको लागतमा निर्माण भएको १२८ कोठा भएको नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यससँगै राष्ट्रपतिले हनुमान मन्दिर, यज्ञ मण्डपको पुजा अर्चना ,अवलोकबन दर्शन गर्नेछिन् ।
महायज्ञको शुरुवात गदै शुत्रवार महाशोभा यात्रा गरिएको छ । विभिन्न गाजाबाजाले सजिसजाउ गरिएका दर्जनौ सवारी साधन र सयौं श्रद्धालु भक्तजनहरुसहित यज्ञ स्थल रामानन्दाचार्य सेवापीठवाट हुरु भएको शोभायात्रा तरहरासम्म गरिएको अध्यक्ष गणेश विरहीले बताए ।

महायज्ञमा शुक्रवार नै भारतको अयोध्या र उत्तरकाशीलगायतका स्थान वाट ७ जना जगद्गुरु,पीठाधीस र महामण्डलेश्वर चतराधाम आएको महासचिवले जानकारी दिए ।
१४ करोडको लागतमा आयोजना भईरहेको महायज्ञको समापन यज्ञ पुर्णहुति फागुन ७ गते हुने आयोजकले बताएको छ ।