धरान / आजदेखि शुरु हुने भनिएको २१ औं संस्करणको बुढा सुब्बा रेडबुल गोल्डकप खराव मौसमका कारण भोलीदेखि हुने भएको छ । budha subbaपानी परेर मैदानसमेत हिलो भएको कारण आकस्मिक एक दिन पर सारिएको आयोजक धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए ।

आज १ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो तर हिजो दिउसोदेखि नै परेको पानी नरोकिएका कारण उद्घाटन कार्यक्रम समेत प्रभावित भएको छ । बर्षाले धरान १६ स्थित रंगशालामा पानी जमिएको कारणले खेल हुदा मैदानको स्वरुप बिग्रने भएपछि क्लबको आकस्मिक बैठक बसेर खेल स्थगित गरेको हो । उद्घाटन गरेर आज हुने खेल पनि भोली गरि खेल तालिक समेत एक दिन पर सरेको क्लवले जानकारी दिएको छ । क्लवले खराव मौसमका कारण आज उद्घाटन खेल संचालन गर्न नसकिएको भन्दै क्षमायाचनसमेत गरेको छ ।