देउराली । लगभग २५ बर्षदेखि काठमाडाैं भन्दा बाहिर बसेर धरानबाट संगित साधनामा लागेका धरानका लोप्रिय गायक डिल्ली फोम्वो मोफसलमा हुनुको पीडा खेप्दै धरानमै रमाउदैं आएका छन् ।

उनले २०५० सालमा पहिलो गित रेकडिङ् गराएका थिए । काठमाण्डै भन्दाबाहिर रहेर संगितीक क्षेत्रमा रहदा उस्तै क्षमता भए पनि काठमाडौंका सर्जकहरुलाई जति प्राथमिकता दिइन्छ त्यती मोफसलमान नभएको उनको गुनासो छ । तर पनि संगीत साधनामा भने निरन्तर रहेका छन् ।

गित संगितभन्दा अरु कुनै व्यापार, व्यावसाय नभएको बताउने फम्वो लिम्बु समुदायको हाक्पार र पालम गित गाएर चर्चामा छन् । साथै नेपालमै पाइने अधिकतम धुनहरुको बारेमा अध्ययन समेत उनले गरिरहेका छन् ।

समनैदेखि गित संगितमा रुचि रहेको बताउने फम्वो बुबा भातीय सेनाका जागिरे भएक धेरे भारतमा बसे । २५ बर्ष अघि उनले जागिर खान लोकसेवा पनि दिएका थिए । त्यो लोक सेवामा पास भएका भए सायद उनी सरकारको कुनै विभागमा कर्मचारीको रुपमा भेटिने थिए । उनलाई हामी पूर्वका कन्सर्टहरुमा गित गाउदै गरेको पाउदैन थियौं होला ।

‘त्यस वेला आदीवासी जनजातीको कोटा थिएन । त्यही भएर म असफल भए ।’–उनले ब्लाष्ट खवरको कुराकानीमा भने–‘त्यता असफल भए पनि गायन क्षेत्रमा सफल भए ।’

गित गाएर बाच्न सक्ने आधार अझै नबनेको बताउने फम्वो अरु कुनै पेसा भने नभएको बताउछन् ।

झट्ट हेर्द पपगायक जस्ता देखिने अन्य लोक गायकभन्दा फरक फम्बो कानमा ठूलो प्वाल परेर कुन्डल लगाउछन् । पाखुरामा ट्याटु खोपेका छन् । झट्ट हेर्दा उनी रक स्टार जस्ता पप गित गाउने गायक जस्ता देखिन्छ । तर उनका गितमा धेरैजसो लोक भाकाहरु मिसिएको पाइन्छ ।

 लोक गायक भन्न रुचाउने फम्वो पश्चिमी बाजाहरुलाई बढि प्रयोग गर्ने गरेको बताउछन् । ‘बाजा पश्चिमी भए पनि भाका र शब्दहरु लोक नै हुन्छन् ।’–उनले भने ।
‘रातकी रानी...., चिटिक्क........, हाक्पारे....., तिम्रो लागि माइली.. जस्ता उनको लोकप्रिय गीत रहेका छन् । धरानका कन्सर्टहरुमा उनका यि गित सुन्न सकिन्छ ।