धरान / बस पार्क निर्माण गर्ने भन्ने झण्डैे डेढ दशकपछि धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना स्थलमा बसपार्क निर्माणका लागि आज शिलान्यास भएको छ
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बसपार्कको शिलान्यास गरेकीछन् । विहान बसपार्क निर्माण स्थलमा पूजाआजा गरि शिलान्यास गरिएको हो । कार्यक्रममा कार्यवाहक मेयर भण्डारीले इँटाभित्र रहेको तामा भाडामा रहेको भरी पानी र इँटा माथि सिमेन्ट बालुवा भरेर शिलान्यास गरिएको छ ।
राजनीतिक खिचातानीका कारण लामो समयदेखि बस पार्क बन्न सकेको थिएन । १७ बर्षदेखि स्थानीयले जग्गा दिएका थिए । स्थानीयले दिएको जग्गा उपमहानगरपालिकाका कर्मचारीहरुले गिद्धेदृष्टी लगाएको भन्दैं उनीहरुले विरोध गर्दै आएका थिए ।
शिलान्यास पछि कार्यवाहक मेयर भण्डारीले पीडितलाई न्याय दिने बताइन । वर्षैदेखि आयोजना रोकिएको छ, अन्यायमा परेका जग्गाधनीहरूलाई न्याय हुने गरी काम गर्ने बताइन । कार्यक्रममा बोल्दै १५ नं. वडाध्यक्ष नरेश इवारमले छिटफुटरूपमा विरोध भएपनि पीडितलाई सम्बोधन गरेर बस पार्क निर्माण गर्ने बताए । तल्कालिन माओवादी केन्द्रका धरान संयोजक चोत्लुङले पीडितलाई न्याय दिएर बस पार्क निर्माण गर्न सुझाव दिएका छन् । उनले पीडितले दिएको जग्गा कर्मचारीहरुले आफ्नो नाममा बनाएको भए उक्त जग्गा नगरपालिका मातहतमा ल्याउने राजनीतिक सहमति भएकाले पीडितहरुले न्याय पाउने बताए ।
आयोजनामा बसपार्क बनाउन प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । सोही बजेटबाट बसपार्कको डिपिआर, एप्रोच रोडलगायत निर्माण कार्यहरु शुरु गर्न उपमहानगरले तत्कालि शिलान्यास गरिएको हो । प्रदेश सरकारको कार्यविधि बनाइ नसकेकाले तत्काल डिपिआरको कामसमेत नभएको र प्रदेश सरकारले डिपिआर तयार गरिरहेको कार्यबहाक मेयर भण्डारीले जानकारी दिइन । फागुन भित्र काम नथाले प्रदेशको बजेट फ्रिज हुने भएकाले डिपिआर विना नै शिलान्यास गर्नु परेको १५ नं. का वडा अध्यक्ष इवारामले जानकारी दिए । पीडितहरुको मागलाई सुनुवाइ नगरि डिपिआर विना नै शिलान्यास गरि जनतालाई उपमहानगरले झुक्याउन खोजेको भन्दै आलोचनासमेत भएको छ । नेपाल प्रहरी, सशस्त्र तथा नगर प्रहरीको सुरक्षाका साथ शिलान्यास गरिएको थियो ।

प्रमुख अतिथि आएनन
बसपार्कको सभामुख प्रदिपकुमार भण्डारीद्वारा शिलान्यास गर्ने कार्यक्रम रहेको थियो । तर जग्गाधनीहरुले कालो झण्डा देखाई विरोध प्रदृशन गर्ने भनिए पछि सभामुख भण्डारी उपस्थित भएनन् । सभामुख भण्डारी नआए पछि कार्यवहाक मेयर मञ्जु भण्डारीले शिलान्यास गरेकी थिइन ।

जग्गाधनीद्वारा विरोध प्रर्दशन

52297878_1004215953390965_5305118512820256768_n
आयोजनाबाट पीडित भनिएका दर्जन बढी जग्गाधनीहरूले सहमति नगरी शिलान्यास गरेको असन्तुष्ट जनाउँदै कालोझण्डा प्रर्दशन गरेका थिए । असन्तुष्ट जग्गाधनीहरुले सहमतिको हस्ताक्षरविना शिलान्यास भएको भन्दै शिलान्यास कार्यक्रम नजिकै विरोध प्रर्दशन गरेका थिए । उनीहरुले जनप्रतिनिधी विरुद्ध चर्का नारावाजी समेत गरे । उनीहरूले शनिबार पत्रकार सम्मेलन गर्दै वर्षौदेखि पीडित भएको र अन्यायपूर्वक जग्गा काटिएका तर उपमहानगरले आफुहरुलार्इै बेवास्ता गर्दै शिलान्यास गरेको बताएका थिए ।
मन्त्रीपरिषद बैठकबाट २०६२ बैशाख २० गते आयोजना स्वीकृत भएको थियो । जग्गाधनीसँग भएको विवाद समाधान गर्न तत्कालिन मेयर तारा सुब्वाले उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो । समितिले जग्गाधनीसँग छलफल गरेर सहमतिमा पुगेको तर सहमतिमा हस्ताक्षर नगरि बसपार्क शिलान्यासको कार्यक्रम गरेको उनीहरुले आरोप लगाएका छन् ।