विराटनगर /   कर छलि गरेको आशंकामा इटहरी स्थित क्षेत्रिय राजस्व अनुसन्धान कार्यालयले विराटनगर – ५ स्थित ‘भोलेबावा टेर्डसमा छापा मारेको छ । भोला गुड्का र करेन्ट तयारी चाउँचाउको कारोबारो गर्ने टेड्रसले कर छलि गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालयले आइतबार छापा पारेको हो ।

‘राजस्व छलि गरेको भन्दै हाम्रो कार्यालयमा प्राप्त सूचना आयो,’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख बेदराज फुयलले भने, ‘सूचनको आधरमा छापा मारेको हो । अहिले सम्पूर्ण कागज पत्र र विलहरू जफत गरेका छौं ।’ थप अनुसन्धनपछि मात्र राजस्व छालि गरेको हो होइन अनुसन्धन पछि मात्र भन्न सकिने कार्यालय प्रमुख फुयलले बताए ।

किसन बोहरा प्रोपाइटर रहेको भोलेबावा टेर्डसबाट राजस्व अनुसन्धान कार्यालयले करिब ५ बोरा जति कारोबार गर्दै आएको सम्पूर्ण कागजपत्र, खातापाता जफत गरि राजस्व कार्यालय लगेको बताइएको छ । ठूलो परिणाममा कागजपत्र जफत गरेको कारणले पनि सोमबारनै अनुसन्धना पुरा गरि राजस्व छलि गरेको हो होइन भन्न नसकिने कार्यालय प्रमुख फुयलले बताए । ‘ठूलो संख्यामा कागज पत्र अनुसन्धन गर्न कार्यालय ल्याएको छौं,’ फुयलले भने, ‘ अनुसन्धन गर्न समय लाग्नेछ ।’