लहान/आर्थिक वर्ष शरु भएको ८ महिना भैसक्दापनि राजनीतिक खिचनानीको कारण सिरहाको सीमावर्ती (कोर मधेश)का दूई गाउँपालिकाहरुको अझै गाउँसभा भएको छैन। गाउँसभा नहँुदा याहाँका सर्वसाधारणहरु विकास, शिक्षा, स्वस्था र सामाजिक सुरक्षाभत्ता , बालपोषण भत्ता लगायत समस्याहरुबाट बंचित रहेकाछन् ।

तराईको सुगम जिल्ला भएपनि सदियौदेखि बिकास र शिक्षाबाट बंचित रहैआएको सिरहाको दक्षिण सीमावर्ती गाउँपालिका भगवानपुर र नहरा गाउँपालिकमा आर्थिक वर्ष शुरु भएको ८ महिना भैसक्दापनि गाउँसभा भएको छैन ।

बिकास भन्दा नेकपा र संधीय समाजवादी फोरमका नेताहरुको जुंगाको लाडाईको कारण गाउँसभा हुननसकेको हो । गाउँसभा नहुँदा दूई पार्टीको चेपुवामा आफूपरेको र बिकासबाट बंचितभएको भएको सर्वसाधारणहरुको भनाई छ ।

भगवानपुर गाउँपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र यादव आसरमामनै हुनपर्ने गाउँसभा राजनीतिक खिचातानीको कारण अहिल्य सम्म हुननसकेको बताउँछन् ।

गाउँसभा नहँुदा स्वस्थ चौकीहरुमा सर्वसाधारणहरुले सिटामोल समेत पाएकाछैनन। भगवानपुर गाउँपालिकमा संधीय समाजवादी फोरमाका अध्यक्षछन भने बहुमत सदस्यहरु नेकपाका रहेकाछन्। भुपु समान्य प्रशासन मंन्त्री द रामचन्द्र यादव र संधीय समाजवादी फोरम नेपालका भपु बिना बिभागीय मन्त्री राजलाल यदववीच को जंगाकोृ लडाई रहेको छ ।

भने नहरा गाउँपालिकामा अध्यक्ष नेकापाको र बहुमत सदस्य मधेशवादीदलको रहेको छ ।

गाउँ सभा नहुँदा दूई गाउँपालिकाको यो आर्थिकवर्ष ०७५÷ ०७६को करिव ३०करोड रुपैंया फ्रिज भएर जाने सम्भावना रहेको छ । भगवनपुर गाउँपालिका अध्यक्ष बेचन यादवले शिक्ष संयोजकको बिबादको कारण गाउसभा हुन नसकेको बताए ।