अहिले देशमा दुइवटा विषयले चर्चा पाएको छ । ति दुइवटा विषय हुन् । एउटा वाइडबडी विमानमा घोटाला भयो । संसादको आर्थिक समितिले उपसमिति बनाएर घोटालाको छानमिन गर्यो । त्यो उपसमितिले घोटाला भएको रकम समेत सार्वजनीक गर्यो ।

उस्ले छानबिन गर्न पाउने उस्को अधिकार क्षेत्रमा कसरी प्रवेश गर्यो ? एउटा कुरा त्यो लेखा समितिले बनाएको छानमिन समितिमा पहिलो त कसरी प्रवेश गर्यो ? यसका लागि विषेशज्ञहरुको खाचोनै भएन कि ? त्यहाँ भएका सभासद मात्रै छानमिनका लागि उनिहरु कतिका बिशेषज्ञ थिए ? त्यहाँ अरु कुनै विषेशज्ञको सहयोग आवश्यक ठान्न किन पर्दैन थियो ? मैले देखेका छानमिन समितिमा सबै ठाँउमा विषेशज्ञ राखेर गरिएका छन् । यहाँ सबैजना राजनीतिज्ञ छन् ।

नेपालमा राजनीति गर्नेहरु चाहिँ सबैकुराका विषेशज्ञ हुन सक्छन र ? नेपालका राजनीति गर्नेहरु सबै डक्टरले जान्ने कुरा पनि आफैले जान्दछन् । किनभने डाक्टरले यो बिरामी यहि ठिक हुन्छ, भन्दा भन्दै नेताहरु हुदैन् भन्दै युरोप, अमेरीका, बेलायत गएका सयौँ उदाहरण हामी अगाडी छन् । हाम्रो देशका नेता भएपछि हामीलाई नत डाक्टर चाहिन्छ, न त इन्जिनियर, न त कानुन विदनै चाहिन्छ । नत अर्थशास्त्री, अब त त्यो मात्रै होइन अर्थशास्त्री पनि यी सबैनेता भएका छन् । अब यसपाली देखि अनुसन्धान विषेशज्ञ पनि भएका छन् ।

हामीले चुनावमा भोट दिएर पठाएका हाम्रा संसदले गरेको काम त हामीले गरेको हो । हामीले त्यो त जिम्मेवारी लिनै पर्छ । किनभने हिजो हाम्रा सांसद साच्चिकै इमान्दार क्षमतावान पनि छन् । अरुभन्दा धेरै क्षमता भएको, धेरै गर्न सक्ने भनेर पठाएका हौँ । तर त्यो बेलामा हामीले पनि यति धेरै सिपालु छन् होला जस्ता लागेको थिएन् मात्रै इमान्दार संझेका थियौँ । तर हामीले संझेको भएन् । हाम्रा संसदले अरु धेरै विषय जान्दछन् भन्ने लागेको थिएन् ।

तर उनिहरुले तस्करीका छानविन गर्न सक्ने भ्रष्टचारीको पहिलो पाइला थाहा पाइ हाल्ने, हाम्रो संसदको नाकले सुँघेर नै अपराधी पत्ता लगाउन सक्ने क्षमता भएछ भन्ने चाहि थाहा थिएन । तर त्यो पनि भएछ । वडो राम्रो अहिले पत्ता लाग्न नसकोको निर्मला पन्तको हत्यारा को हो भनेर प्रहरीले पत्ता लाउन सकिरहेको अवस्था छैन् । अब यीनै हाम्रा संसदलाई समिति बनाएर जिम्मा दिए । तुरुन्तै पत्ता लाउने रहेछन् । यो सरकार के हेरेर बसेको छ ?

हो, अहिलेको प्रश्न यो हो । संसदिय छानमीन समिति विना विषेशज्ञको अर्को छानविन समितिमा बसेका सदस्यहरु, त्यहि छानविनको काममा हुदाँ-हुदैँ पनि विदेश शैर गर्न निस्किएका थिए । त्यता जनुपर्ने के कारण पर्यो ? त्यता जानु पनि के साच्चिनै छानविनकै लागि गएका थिए त ? यो प्रश्नको उत्तर छैन् ।

अर्को के त्यस्तो अवस्था आइ पर्यो, हाम्रा संसदले न सरकारलाई न आफनो पार्टीलाई जानकारी पनि नगराई विदेश जानुपर्ने ? आफै डक्टर भएर विदेशमा डक्टर देखाउनु पर्ने भएको हो की ? अनि कस्ले दियो त्यहाँ जाने खर्च ? कुन कुन एयरलाइनले जुटाइदिए त्यो अवसर ? अनि त्यहाँबाट नफर्की बाटैबाट रकमै तोकेर भ्रष्टचारको रकम पनि देखि हाल्ने भएछन् । कस्तो रमाइलो छ , संसदिय छानविन समितिको तरिका सदस्यहरुको काम ।

अब त्यो एकातिर छदै छ । संसद सबै छानविनको काम गर्न सक्ने भएछन् । तर त्यो छानविन समितिको प्रतिवेदन पहिले कुन कुन एयर लाइन्सलाई र कुन कुन मिडिया हाउसलाई बुझाउनुपर्ने थियो ? के आधिकरीक संस्था जस्का बलमा संसदिय छानविन समिति बन्यो ? त्यस प्रति जवाफदेहि हुनुपर्दैन थियो ? छानविन समिति त्यसका सदस्य भएबापत पाइने सुबिधामा विदेश घुम्ने अवसर पनि थियो ? त्यस्का अतिरिक्त के के थिए ? कस कसबाट स्याववासी पाउनु थियो ? अरु लाभ प्राप्त गरेको कुरा देखा परेकै छैन् ।

अहिले नेपालमा केहि यस्ता घराण छन् जस्ले आफनो व्यापारलाई मध्य भागमा राखेर मात्रै काम हुन्छ । अनि जुन समिति जो प्रतिवेदनमा पहिले एयर लाइन्सलाई तिमीले भने जस्तै काम मैले गरेको छु भनेर त्यहाँ बुझाइ सकेर, त्यस्ले पास गरीसकेपछि मात्र संसदिय लेखा समितिमा बुझउनु पर्ने हो ? त्यो नै हो नियम ? र उपसमितिको जिम्मेवारी पनि त्यहि हो ? संसदहरुको जिम्मेवारी यतिले मात्रै प्रष्ट देखिदैन् ? नियति चाहि कता तिर ढल्कीएको छ ।

अर्को संसदहरुले कहिले काहिँ भन्छन् जुन बेला उनलाई अप्ठयारो पर्छ त्यो बेलामा हामी जनताका मानिस, जनताको आदेश पालना गछौँ । तर चुनाव जितेर गएपछि त्यो सबै विर्षने गरेका संसदले अब फेरी नपाउन सकिन्छ यहि बेलै सब गरिन्छ ठान्नेहरुलाई विदेश घुम्न जादैँ गर्दा त्यो वेला न राष्ट्र सम्झिए न त जनता, एउटा सानो स्वार्थमा सारा सबैलाई विर्षे र राष्ट्रप्रतिको जिम्मेवारीलाई पैताला मुनि कुल्चीने गर्छन् । एउटा निजी स्वार्थका लागि सबै कुरा त्याग गर्छन् ।

अब अलिकती यता जाउँ यो वाइडबडी विमान ल्याउदा साच्चिकै योजना वद्धै भ्रष्टाचार गरेको भए भ्रष्टचार त्यो भएको भए कस्ले भ्रष्टचार गर्ने नियत साथ भ्रष्टचार गर्यो त्यो पनि भेटिन्छ नै । कस्ले काम गर्दा नजानेर काम विग्रीयो त्यो पनि छानविनको प्रतिवेदनमा परेको छ । त्यो पनि पक्कै निस्केला तर एउटा कुरा चाँहि अब के ठोकुवा गर्न सकिन्छ भने यो समिति निश्कृय थिएन र त्यो छानविन पनि सुनुयोजीत निर्देशनमा भएको थियो भन्न सकिन्छ ।

पहिले यो समितिले जस्को जस्को नाम सार्वजनिक गरेको थियो । त्यो भोली पल्ट एकजनाको नाम हटाइयो । यस्मा झुक्कीएर परेछ भन्ने पहिले भ्रष्टचारी भनेर प्रचार गर्ने, अर्को दिन होइन भन्ने अब के यो छानविन समितिले यसरी कसैको चरित्र हत्या गर्न पाउछ । अनि तपाई हामी नागरिक त्यो जनप्रतिनिधीको आयोगलाई एउटा प्रश्न गर्न सक्दैनै ? यो किन र कसरी भयो ? अनि संसदिय छानविन समिति हुने वितिकै जे मन लाग्यो त्यहि गर्ने त्यस्ले कहाँबाट यो अधिकार पायो ? अब अहिले पुर्वप्रधानमन्त्री र पर-राष्ट्रमन्त्रीको शेरबहादुर देउवाको नाम जोडीयो।

त्यसपछि छानविन समिति चुप छ । त्यस बारे बोल्दैन् । भोली फेरी हिजो झुक्कीएर नाम परेछ भन्न सक्ने ठाँउ बाँकि छ । अर्को नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निकै लामो समय पछि एउटा ठुलो हिम्मत गरेको छ । जस्ले नयाँ जहाज खरिद गर्यो । किनभने यो खरिद गर्दा घेरा बन्दिमा पारेर भ्रष्टचारी हो भनी लान्छित गरिएका उदाहरण थुप्रै छन् यसपाली पनि यसो हुन सक्ने छ भन्ने कुरा थाहा हुदाँ हुदैँ पनि जहाज किन्ने जुन हिम्मत गरेको छ त्यस्लाई सल्यैट गर्नैपर्छ । अर्को त्यो नेपाल वायुसेवा निगम सञ्चालक समिति भित्रका धेरै मानिस निजी वायु सेवा निगमको तावेदारी गर्नेहरुनै निर्णयक ठाँउमा छन् । नत्र भ्रष्टचार गरेको भए छानविन गर्ने निकाय छ । त्यस्ले छानविन गरेर निकाल्छ ।

जस्को पालामा काम अगाडी बढेको हो । उ धन्यवादको पात्र हुनुपर्छ र त्यो ठुलै हिम्मत गरेर त्यो काम भएको हो । किनभने यो भन्दा अगाडी जति पनि नेपाल वायुसेवा निगमका जहाज ग्राउन्डेड हुने बितिकै नेपाललाई चाहिने हवै जहाज भाडामा ल्याएर चलाउने गरेको इतिहास छ । त्यसो गर्दा चाहि कमिसनको खेल हुन्थ्यो । तर यो हवैजहाज किन्ने आट जस्ले गर्यो । त्यो हिम्मतदार मानिसलाई सबैले सल्यैट गर्नुपर्नेहो । यो भन्दा अगाडी भाडामा ल्याएका जहाजको कुनै ठेगान थिएन् ।

अर्को नेपालमा अहिले देखिएका निजी वायु सेवा निगमले सेन्डीकेट बनाएर मनपरि हवै जहाज आफु खुसि चलाइ रहेका छन् । त्यहाँ भाडा पनि नेपाल वायुसेवा निगमको भन्दा दुई गुणा बेसि असुल गरेका छन् । अनि अप्ठयारा ठाँउमा कम पैसा लिएर नपाल वायुसेवाले उडान गर्नुपर्ने पोखरा, विराटनगर, भैरवा, नेपालगंज जस्तो जहाँ सुविधा छ । यात्रु प्रस्सत छन् । त्यस्ता ठाँउमा निजी कम्पनिले मन परि भाडा असुली गरेका छन् ।

त्यो मात्रै होइन् यात्रुको चाप र धेरै पैसा भएका भारतका विभिन्न शहरहरुमा निजी कम्पनिका जहाज यात्रु बोक्छन् । त्यहाँ पनि नेपाल वायुसेवा निगमको भन्दा कति गुणा भाडा बेसि असुल गरिन्छ । यसरी मनपरि निजी कम्पनिका जहाज संचालनमा छन् । उनिहरु दिनै पिच्छे फस्टाइरहेका छन् । तर त्यो सबै गर्ने राष्टूीय ध्वजा वाहक विमान टाट पल्टिएर धारसाहि भएका हुने अवस्थामा छ तर नेपाल वायुसेवा निगममा अहिले भएकै मन्त्री रहिरहने अहिलेकै टिम निगममै रहिरहे नेपाल वायुसेवा निगमले देशका विभिन्न भागमा निगमका जहाज संचालन गर्नेछ ।

यदि त्यस्तो भए नेपालमा संचालन भएका निजी विमान कम्पनि यसरी एकलोटी कसरी चल्न सक्छन् ? त्यसो भएपछि कम्तिमा निजीवायु सेवा निगम वालाले भनेको सुन्ने खालको टिम ल्याउन पनि यो टिमलाई भ्रष्टचारी बनाउनै पर्यो । त्यस्का लागि के के गर्न सकिन्छ ? त्यसलाई के के गर्दा हुन्छ ? त्यो सबैत गर्नै पर्यो । यो काम यतिकै लागि पनि भएको छ । अहिले भरखर मात्रै हामीले देख्यौँ । बितेको दशैँमा गतशालको जस्तो हवैजहाजको टिकट नपाउने, सधैको मुल्य भन्दा अतिरिक्त मुल्य तिर्नु पर्ने भएन् ।

हाम्रो देशका पहाडी भागमा यात्रुको सुविधाका लागि भनेर नेपाल वायुसेवा निगमबाट यात्रा गराइयो र निजी कम्पनिबाट पनि यात्रा गरेका छौँ । कति भाडा फरक छ ? तपाई हामीलाई थाहा छ । निजी विमान कम्पनिको सेन्डिकेटका कारण काठमाण्डौँबाट विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगमले एकताली मात्रै उडान गर्न पाउने तर निजी कम्पनिले १० पल्ट उडान गर्न पनि पाँउने ? यो सुविधा भोगेका र एकलौटी विमान उडाउन पल्केका निजी कम्पनिले यसपाली सायद मन्त्रीलाई र त्यो निगमलाई आफनो प्रभाव पार्न नसकेर, यो सडयन्त्र रचना गरिएको कुरालाई, विर्षेर एकहोरो भ्रष्टचारको रटान मात्रै रटिरहने हो भने फेरी पनि नेपाल वायुसेवा निगम सदा सदाका लागि कहिले नउठने गरि ढल्ने ठुलो सम्भावना छ । यस्मा अब सिंगो नेपाली जनताको ध्यान जानुपर्छ । बाहिरको शत्रुभन्दा खतरा आफै भित्रको शत्रु हुन्छ । आफु भित्रको शत्रुसंग जोगीन सकिएन् भने कँही पनि जोगीन सकिदैन् ।

अब अलिकति कुरा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाको कुरा गरौँ । अस्ति नेपालको पश्चिम भागमा गएर उनले एउटा स्पष्टिकरण दिए । मैले वाइडबडि बिमान ल्याउदाँ भ्रष्टचार गरेकै छैन् । यो सबै पुष्पकमल र केपीओलीले गरेका हुन् । त्यो बेला कर्मचारीले चाहिँ के के गरे कोनि । भ्रष्ट्रचार गरेको भए कर्मचारीले गरे होलान् भने बडो मज्जाले चोरको खुट््टा काट भन्दा फुक्त तान्ने जस्तै गरि खुट्टा उचाले बबुरा । उनले थाहा पाएन् । जस्ले शेर बहादुरको कुरा गरेको थियो ।

जुन पत्रिकाले लेखेको थियो । त्यहाँ शेरबहादुरले भ्रष्टचार गरे भनेकै थिएन् । बरु उस्ले शेर बहादर ुदेउवा प्रधानमन्त्री हुदाँको पहिलो किस्ता शेर बहादुरले बुझाएका मात्रै हुन भनेको थियो । तर शेरबहादुर देउवा अगाडी आकाश खसेको जस्तै गरि किन तर्सिनु पर्यो ? शेरबहादुरले हवैजहाज किन्ने ठुलै आँट गरेछन् । ति आँटी प्रधानमन्त्री भएकै कारण अब नेपाल वायुसेवा निगममा चाहिने जति जहाज भए भनेर स्यावासि उनले नै पाउने थिए । तर शेरबहादुर त्यतिमै मात्र अडिएनन् ।

कांग्रेशका प्रवक्र्तालाई अर्को एउटा वक्तव्य दिन लगाए । शेरबहादुर प्रर्यटन मन्त्री हुँदा वाइडबडि ल्याउन डलर सटाइको स्विकृति मात्रै दिएको भन्न लगाए । विचरा रफु गर्न खोजेको झनै ठुलो भवाङ, कहाँ पर्यो भन्दा पहिलो किस्ताको भुक्तानीलाई पनि उनले सटही गर्ने समेत आदेश दिने मानिसले मैले केहि गरेको छैन् । कर्मचारीले के के गरे भनेर मलाई थाहा छैन् भनेर प्रधानमन्त्री जस्तो मानिसले पनसिन मिल्छ । यो पानी माथिको ओभानु छु भने जस्तै भएन् । कहिले काहिँ वडो रमाइलो कुरा गर्छन् । यीनिहरु सबैथोक आफुले गर्ने अनि दोष अरुतिर थोपर्ने । खोई अरुलाई उनिहरुले आरोप लगाए । छानविनले भेटेछ भने कार्वाहि हुन्छ भनेर चुप लागेकै छन् । भएकै छ ।

निष्कर्श , अन्त्यमा नेपाल वायुसेवा निगमको संचालक समिति त्यसको टिम पर्यटन मन्त्रालयका सचिव र अहिलेको यो टिमले साच्चिनै नियतबस भष्टचार गरेको भए छानविन गरि त्यसको सत्य तथ्य बाहिर ल्याउने नै छ । त्यसका लागि सरकारका निकाय छन् । अख्तियार छ । राष्टू मात्रै होइन अन्त राष्टिूय क्षेत्रबाट पनि छानविन गराउन सकिन्छ । जहाँ सम्म अन्तराष्टिूय क्षेत्रमा प्रवेश गर्नै पर्दैन् । हाम्रो देशका छानविन गर्ने विज्ञ टोलीले छानविन गरेर त्यसको मुलकुरा जनता सामु ल्याउनुपर्छ ।

यो प्रमाणीत भए हुने कार्वाहि हुनैपर्छ । यति बदनियत पुर्वक आरोप थोपरिएको पाइए संसदिय छानविन समिति र यस्को प्रचार अभियानमा लागेकाहरुलाई उपयुक्त कार्वाहि गर्नैपर्छ र यो जहाज खरिद गरेर ल्याउने आट जस्ले गर्यो ल्याउन निर्णय जस्ले गर्यो उस्लाई धन्यवाद दिनैपर्छ । यो धेरै पछाडी राम्रो काम भएको छ ।