तेह्रथुम /म्याङलुङ नगरपालिकाले नगरपालिकामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक बडामा गएर एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने ८० वर्ष माथिका ३ सय ५५ जनालाई जनही २ हजार ५ सय रुपैया र खाता ओडाएर सम्मान गरेको छ । जेष्ठ नागरिकहरुलाई औषधी उपचार गर्न केही सहयोग हुनुका साथै आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको नगरप्रमुख संजय तुम्वाहाम्फेले बताए ।

३ सय ५५ जना जेष्ठ नागरिकलाई सम्मान गर्दा ८ लाख ५५ हजार ५ सय रुपैया लागेको पनि प्रमुख तुम्वाहाम्फेले बताए । ‘उनिहरुलाई प्रत्येक बडामा गएर सम्मान गर्नुका साथै डाक्टर सहित लगेर के रोग लागेको छ भनेर चेक जाँच गरि औषधी उपचार गरियो ।’ प्रमुख तुम्बाहाम्फेले भने । जेष्ठ नागरिकलाई यसरी प्रत्येक वर्ष सम्मान र औषधी उपचार गर्ने योजना नगरपालिकाले बताएको उप प्रमुख पार्वती सानु डाँगीले बताईन् ।

जेष्ठ नागरिक भनेका आमा बुबा सम्मान भएकाले उनिहरुको स्वास्थ्य उपचारमा सधै नगरपालिका लागि रहने उप प्रमुख डाँगीको भनाई छ ।

जिल्लामा नै म्याङलुङ्ग नगरपालिकाले पहिलो पटक यसरी जेष्ठ नागरिकहरुको आत्मसम्मान हुने काम गरेकोमा उनिहरु सुखी भएका छन् । आफु उप प्रधानपंच, प्रधानपंच र बडा अध्यक्ष हुदा पनि सम्मान नपाएकोमा यसरी नगरपालिकाले बृद्धबृद्धालाई सम्मान गर्दा खुसी लागेको बृद्ध राम बहादुर तुम्वाहाम्फेले बताए ।

उनले भने म नगरपालिकालाई धन्यबाद दिन्छु । बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको पुन्यमाया ढकालले बताईन् । उनले भनिन् यसरी सधै राम्रो काम गर्नु आशिर्वाद दिन्छु । नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रंशासकिय अधिकृत र वडा अध्यक्ष सहितको टोली प्रत्येक वडामा गएर बृद्धबृद्धाका गुनासा, सुझाव र आवश्यकता समेत संकलन गरेका छन् ।

बृद्धबृद्धाहरुले आफ्ना आवश्यकता, पिरमर्का र गुनासा जनप्रतिनिधि समक्ष खुलेर राखेका थिए । जेष्ठ नागरिकले बुढापाका भएपछि ढाँड दुख्ने, जोर्नी दुख्ने, घुडा दुख्ने, प्रेसर घटबढ हुने, टाउको दुख्ने, रिङटा लाग्ने लगायतका रोग लाग्ने भएकाले प्रत्येक बडामा जेष्ठ नागरिकलाई निशुल्क उपचार गर्ने ब्यवस्था मिलाई दिन उनिहरुले अनुरोध गरेका छन् ।

कसै कसैले छारो छोरीले नहेरेको, आफु बेसाहारा भएको, दुःख पाएको गुनासो पनि गरेका थिए । जेष्ठ नागरिकको गुनासा प्रति आफु संबेदनसिल भएको नगरप्रमुख तुम्वाहाम्फेको भनाई छ । जेष्ठ नागरिकलाई छोरा छोरीले नहेरे तत्काल कारवाही गर्ने नगरप्रमुख तुम्वाहाम्फ आश्वासन दिए ।

सम्मान कार्यक्रममा म्याङलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद बाग्लेले बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने बताए ।  वैदेशिक रोजगारले पनि जेष्ठ नगारिकहरु थप पीडित बनेको भन्दै उनले सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए ।

संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको छ । तर जीवनभरी छोराछोरीको हेरचाह गर्ने, देशको सेवा गर्ने ज्येष्ठ नागरिक जीवनको उत्तरार्द्धमा आराम साथ बाच्न पनि पाएका छैनन् ।

बृद्धबृद्धाहरुलाई माया, सम्मान र उनिहरु प्रति मैत्री बाताबरण बनाउनु हाम्रो कर्तब्य हो किनकी भोलीका बृद्धबृद्धाहरु तपाई हामी पनि हौं ।
जेष्ठ नागरिकलाई सम्मान गर्दै गरेको तस्विर पनि छ ।