दमक/ भारतको नयाँ दिल्लीबाट पर्यावरणीय अध्ययनका लागी भनेर आदित्य रञ्जन र बिनीता चक्रावती इलामको सलकपुरमा भेटिए । उनीहरु आफ्नो अध्यनका लागी पर्यावरणीय स्थानको खोजी गर्दै यहाँ आईपुगेको बताउँछन् ।

इलामको रोङ गाउँपालिका स्थित सलकपुर प्राकृतिक रुपमा समेत मनोरम अनि यहाँबाट हिमाल सहित तराईको भुभाग समेत प्रस्टै देखिने भएकोले उनीहरुले आफ्नो अध्यनको स्थल सलकपुरलाई बनाएका हुन् । सलकपुरमा होम स्टे छ भन्ने उनले नयाँ दिल्लीमा अध्यनकै शिलशिलामा थाह पाएका थिए । त्यसैले उनी यहाँको हामे स्टे कसरी सञ्चालन भै रहेको रहेछ र हामे स्टेका लागी केके आकर्षणका क्षेहरु रहेछन् भन्ने थाह पाउन आएको बताए ।

अक्षरमा मात्र पढेको हामे स्टे उनी पहिलो पटक हेर्न र अनुभव गर्न समेत यहाँ आएको बताउँछन् । पहाडका काँल्लामा लगाइएका अम्लीसो, बारीभरि फलेका सुन्तलाले आकर्षण गरेको बताए । यो सँगसँगै सलकपुरबाट पूर्व फर्केर हेर्दा प्रस्टैसँग भारतका ठाउँहरु देख्न सकिने अनि नेपालको पहाड र तराईलाई समेत एकै ठाउँबाट नियान्ल मिल्ने भएकोले पनि सलकपुर मन परेको रञ्जनले बताए । उनीसँगै अध्यनकै लागी आएकी चक्रवाती ग्रामीण पर्यटन बिकासका बारेमा उनी यहाँ रिसर्च गर्न आएको बताउँछिन् ।

उनी अध्यनरत जामीया यूनिभर्सीटीले उनलाई नेपालको ग्रमीण पर्यटनको विकासको अवस्थाको बारेमा रिसर्ज गर्न यहाँ पठाएको बताईन् । ग्रामीण पर्यटनको बिकासका आधारहरु र यसका मुलभुत समस्या र अवस्थाका बारेमा थाह पाउन उनी सलपुर आएको बताउँछिन् ।

यस क्षेत्रको आर्थिक तथा सामाजीक अवस्था अनी यहाँको जीवन स्तर बुझ्न आएकी चक्रावती यस क्षेत्रका नागरिकको आत्मनिर्भरता देखेर दङ्ग परेको बताईन् । आफ्नो ठाउँमा उत्पादन भएका विभिन्न कृषि उपजलाई व्यवसायीकरण गर्न सिपालु रहेका सलकपुर बासीको आर्थिक अवस्था आफुले कल्पना गरेभन्दा राम्रो रहेको उनको बुझाई छ । यहाँ आउँने पाहुनालाई आफ्नै उत्पादन खुवाएर अनि आफ्नो क्षेत्र देखाएर पैसा कमाउन जान्ने बनेका यहाँका नागरिकले गरेको स्वागतले पनि उनलाई मन छोएको छ ।

इलामको रोङ गाउँपालिका स्थित सलकपुरमा होम स्टे सुरु भएको छ । पर्यावरणीय वातावरणको अध्यनका लागि उपयूक्त रहेको यो ठाउँमा बिभिन्न स्थानका पर्यटकहरु आउने गरेपछि यहाँ होम स्टे सुरु गरिएको हो । वारी नेपाल । पारी भारत । वरीपरि हरीयाली वातावरण । पहाडको शिरबाट तराईको शमतल भुभाग प्रस्टै सँग देखीने इलामको सलकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । भारतको बिभिन्न बिस्वबिद्यालयका बिद्यार्थीहरु समेत यस ठाउँमा जैविक तथा पर्यावरणको अध्यनका लागि पुग्ने गरेका छन् ।

अलैँची, सुन्तला, अम्लीसो लगायतका कृषि जन्य सामाग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका बिभिन्न ठाउँबाट त्यसैको अध्यनका लागि पनि पर्यटकहरु पुग्ने गरेका छन् । काठमाडौकी अस्मीता खनाल पनि सलकपुरमा भेटिईन । उनी झापा घुम्न आएको मौकामा यस ठाउँ पनि पुग्नु पर्छ भन्ने सुनेकै भरमा यहाँ गएको बताईन्।

यहाँका नागरिकले गरेको व्यवहार अनि प्राकृतीक सौन्दर्यता उनलाई मन पर्यो । उनले पहाडको जमिनमा समेत बिभिन्न कृषिजन्य सामाग्राी उत्पादन गरेर बजारीकरण गर्न सकेको देखेर यहाँका नागरिकले कृषिलाई नै आफ्नो आम्दानीको श्रोत बनाएको देख्दा मख्ख परेको बताईन् । उनी पनि यहाँ हामे स्टे हेर्न र बुझ्न आएकी हुन् ।

यसरी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अर्गानिक खाना खुवाउने , उचित स्वागत सम्मान गर्ने र गाउँठाउँको अवलोकन गराउने गरेको होम स्टे सञ्चालकहरु बताउँछन् । होम स्टे सञ्चालक दोर्जे मोक्तान भन्छन्‘ हामीसँग आफैले फलाएका चामल , मकै , कोदो, छ त्यहि बाट बिभिन्न परिकार बनाउँछौ र आगन्तुक पाहुनालाई सकलपुरको स्वाद चखाउँछौ । ’ यहाँ जस्केलो होम स्टे मार्फत १४ घरमा होम स्टे सञ्चालन भै रहेको छ ।

तर सहज सडक सञ्जालको अभावमा भने यहाँ पुग्न मन गर्ने कतिपय पर्यटकहरु भने झापाको बाहुनडाँगीमै रोकिने गरेका छन् ।