काँकरभिट्टा/ घर खर्च चलाउन श्रीमान र अरुको भर पनु पर्ने बाध्यतालाई चिरदै आफ्नै मेहेनत र परिश्रमले काँकरभिट्टाकी एक महिला सफल उद्यमी बनेकी छिन् ।  मेचीनगर ६ काँकरभिट्टाकी भवानी खड्काले २०६६ सालमा सिलाई तालिम सिकेकी थिइन् ।

तालिम सिकिसके पछि श्रीमानको सहयोगले २०७७ मा काँकरभिट्टामा ५० हजार रुपियाँले एक मिसिन र अन्य सामान राखेर सुरु गरेको पसल अहिले उनको प्रंशशा कटिङ्ग सेन्टर तालिम केन्द्र बनाउन सफल भएकी छिन् ।

हाल उनकोे तालिम केन्द्र्मा १५ जना भन्द्रा बढि महिलाले सिलाई कटिङ्ग सिक्ने उनले बताइन् । उनका अनुसार महिलालाई तालिम सिकाउदै अन्य पसलमा आएका अन्य ग्राहककोे लुगा पनि सिलाउने र लेडिज र जेस कपडा पनि पसलमा पाउने खाड्काले बताइन् ।

उनले यसै पेशाबाट मासिक रुपमा ४० हजार भन्दा बढि कमाउने खाड्काले बताइन् । खाड्काले भनिन् हाम्रो नेपाली समाजमा सिलाई कटिङ्ग पेशालाई समाजमा नकारात्म्रक रुपमा हेर्न चलन कायमै रहेको खड्काले बताइन् । सिलाई पेशाबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सकिन्छ । सिलाई व्यवसाय घरमै बसेर पनि काम गर्न सकिने उनको भनाइछ ।

यसै पेशाबाट आफ्ना दुई छोरा छोरीलाई काठमाडाैँको राम्रो कलेजमा पढाउदै आएको उनि बताउँछिन् । नेपालमा रोजगारी छैन भनेर दिनमा हजारौँ युवा युवती विदेशी खाडी मुलुक ४०,५० हजार रुपैयाँ कमाउनका लागि २ लाख भन्दा बढि रकम खर्च गरेर विदेश पलायन भईरखेका छन् । तर योे रकमले नेपालमा नै सिपमूलक काम सिको भने विदेशको जति पैसा परिवारसँगै बसेर नेपालमा कमाउन सकिने भवानी बताउछिन् ।

अहिले आफुलाई चाहेको रकम श्रीमानलाई माग्नु नपरेको बताउछिन् श्रीमानले कमाएको पैेशा र आफुले कमाएको पैेशाले राम्रोसँग घर परिवार चलेको र दुबै जनाले कमाएको पौशाले काँकरभिट्मा घर बनाएको खड्काले बताइन् ।

उनि अहिले सिलाई कटिङ्ग व्यवसाय झापा जिल्लाकी सदस्य समेत रहेकी छिन् । भने अब उनकोे उदेश्य भनेको काँकरभिट्टामा रहेको बेरोजगारी भएर बसेका बसेका महिला दिदी बहिनीहरुलार्ई सिलाई कटिङ्ग सिकाएर उनिहरुलाई पनि आत्मा निर्भर बनाउने सोच रहेको बताइन् ।