उदयपुर/ उदयपुरमा नेपालकै पहिलो पटक तीन दिने राष्ट्रिय बेटी सम्मलेन २०७५ सुरु भएको छ ।  महिला हिंसालाई अन्त्य गर्ने उद्देश्यले नेपालमै पहिलो पटक राष्ट्रिय बेटि सम्मेलन २०७५ आईतबार देखि सुरु भएको हो ।

समानता, समावेशी र मानव अधिकारका लागी “शहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी सशक्तिकरणको हतियार” भन्ने मुल नाराको साथ प्रथम पटक राष्ट्रिय बेटी सम्मेलनको आयोजना गरिएको थियो ।

छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको आयोजक मासवेसले जनाएको छ ।

छोरा छोरी दुबै बराबरी भने झैँ छोरीलाई पनि छोरा समान अधिकार जुन शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मनिर्भरतालाई उठान गर्ने लक्ष्य लिएर नेपालमै पहिलो पटक बेटी सम्मेलन गरिएका आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानले बताईन् ।

सम्मेलनमा महिला तथा बेटी (छोरी)को हक अधिकार सम्बन्धित कार्यपत्र प्रस्तुती लगायत प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ घोषणा पत्र जारी गरेको खानले बताईन् । पुर्व शिक्षा मन्त्री एवम् पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको थियो ।