धरान / आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजि संकटा क्लब भाग्यमानी बनेको छ ।

आज भएको सडन डेथमा मेची नेत्रालय केएफटिसि झापालाई सडन डेथमा हराउदै संकटा सेमीफाइनल प्रवेश गरेको छ । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भए । दोस्रो पेनाल्टी प्रहारमा झापाका दिलेन लोक्ताम गोल गर्न चुके पछि स.काटाको भाग्य चम्केको हो । लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके ।

आइतबार दिउँसो ९० मिनेटको निर्धारित समयको उद्घाटन खेल २÷२ गोलको बराबरीमा रोकिएको थियो । त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४/४ गोल भयो । सडन डेथमा ६/६ पेनाल्टी प्रहार हुदा पनि बराबरी भएको थियो । थप खेलका लागि समय अभावका कारण आजलाई खेल सारिएको थियो ।

संकटाका गोलकिपर राजाबाबु थापा म्यान अफ द म्यास घोषित भए । उनले झापाको दोस्रो पेनाल्टी प्रहारलाई रोक्न सफल भए । उनले नगद १५ हजारसहित ट्रफी पाए । आज ३ बजेदेखि पुलिस क्लव काठमाण्डौ र साहरा क्लव पोखराबीच हुँदैछ ।