भद्रपुर /  सिक्किमे रक्सी सहित साढे चारलाख रुपैया मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वार्टर झापा नं.२ मातहतका बिभिन्न युनिटहरुबाट खटिएको गस्ती टोलीले झापाका सिमा इलाकाहरुबाट सामान बरामद गरेको हो ।
अबैध रुपमा निकासी, पैठारीबाट भन्सार छली ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरीले विर्तामोड १ बाट सिक्किमे रक्सी, र मेचीनगरपालिका १२ बाट लत्ताकपडा¸ किराना सामान¸ मोटर पार्टस¸ कस्मेटिक्स सामानहरु बरामद गरिएको सशस्त्रका डिएसपी तथा सुचना अधिकारी जोजेस ओलीले जानकारी दिए । प्रहरीले सिक्किम ब्राण्डका २५ वोतलको २५ हजार, २ लाख मूल्य बराबरका कपडा, ४० हजारको मोटर पार्टस, ८० हजार मूल्य बराबरको कस्मेटिक, किराना सामान ५० हजार, ४० हजार मूल्यका घर निर्माणका सामग्री र १५ हजारका हाजमोला बरामद गरिएको डिएसपी ओलीले जनाए । सामानलाई आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको ओलीले जानकारी दिए ।