धरान / आइतबार २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदलका सदस्य सचिव केशवकुमार विष्टले धरानको खेल क्षेत्रको लागि योगदान दिने उद्घोष गरे पछि धराने खेलप्रेमीहरुका लागि उत्साहको विषय बन्यो । उनले खेल क्षेत्रमा योगदान दिने किशोर राई अनि स्थानीय सरकार प्रमुख मञ्जु भण्डारीको खुलेर प्रसंसा पनि गरे । र भने–इटहरीले कहिल्ये बजेट पाएको थिएन र त यस पटक अलिक धेरै पायो(३२ करोड) धरानले पाइ राखेको छ । कलिक कम । अव बढि पाउछ । रंगशालाको दक्षिणपट्टिको खाली जग्गामा २३ करोड लागतमा नयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माण हुन्छ ।’ उनको यो उद्घोषमा उपस्थितले ताली बजाएर खुशी मनाए । उक्त कभर्ड हलको डिजाइनसमेत तयार भइसकेको उनले जानकारी दिए । अर्को आर्थिक बर्षमा टेण्डर भएर निर्माण कार्य शुरु हुने सदस्य सचिव विष्टको भनाई थियो । ‘नयाँ बहुउद्देश्यीय कभर्ड हल यहाँ बन्छ, अण्डरग्राउण्डा पार्किङ हुन्छ, र २ तला कभर्ड हल हुन्छ । ‘२ वटा ट्रेनिङ सेन्टर पनि बन्ने छ ।

लामो समयदेखि निर्माणाधिन रंगशाला पुर्ण नभएकोप्रति पनि उनले मास्टर प्लानअनुसार आकार ग्रहण गर्न केही बर्ष लाग्ने बताएका थिए । यो अहिले अभिएर बोलि रहेको रंगशाला पूर्ण भएपछि १५ हजार दर्शक क्षमता रहने आधुनिक हुने समेत बताए ।
उनले धरानले बुढा सुब्बा गोल्डकपलाई २१ औं संस्करणसम्म निरन्तरता दिएर इतिहास बनाएको पनि बताएका थिए । ‘धरानको प्रतियोगिता नामै काफी छ ।’–उनले भने । अव नेपाललाई सगरमाथाको देश भनेर चिनाईरहनु पर्दैन । खेल र खेलाडीहरुको देश भनेर चिनाउने दिन नजिक आइसकेको पनि बताए । धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले सदस्य सचिवलाई अपुरो रहेको धरानको रंगशाला पूर्ण र अन्तरराष्ट्रियस्तरको बनाउन आग्रह गरेका थिए । फुटवलमा देश दिनाउने धरानको खेलकुद विकासका लागि राखेपको ध्यान पुग्न पर्ने बताएका थिए । धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले धर िबादन बर्षमा पनि प्रतियोगिता बनाउन मिल्ने रंगशाला बनाउन सदस्य सचिवले सहयोग गर्नु पर्ने बताइन । त्यका लागि स्थानीय सरकार हातमालो गरेर अघि बढ्ने बताइन ।