धरान / आठौ राष्ट्रिय प्रतियोगिताको लागि सुनसरी जिल्ला महिला बास्केटवल खेलाडीहरु छनौट प्रतियोगिता सम्पन्न भएको छ । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सोमवार आयोजित खेलाडी छनौट प्रतियोगिताबाट सुनसरीका १० जना खेलाडी छनौट भएको जिल्ला बाँसकेट वल संघले जनाउको छ ।
जिल्लाबाट डा. आशा राई, अनु राई, सितल तामाङ, तनु राई, निरुता राई, प्रिति राई, आस्था राई, प्रिति लिम्वु, सदिक्षा भट्टराई र प्रनिसा ओझा परेका छन् । उनीहरुले आठौ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश १ टिम छनौट प्रतियोगितामा सहभागिता जनाउने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
प्रदेश टिम छनौट प्रतियोगितावाट प्रदेश १ टिमको लागि १२ जना खेलाडी छनौट हुने प्रदेश १ का बाँस्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले बताए । छनौट कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, पूर्वाञ्चल बास्केटवल टिम पुर्व टिम क्याप्टेन हेमन्त राई, पूर्वाचल बास्केटवल खेलाडी नविन राई, बास्केटवल प्राविधिक चिरञ्जीवी गिरिलगायतको उपस्थिति रहेको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र दोस्रो हप्ता नेपालगञ्जमा हुने कार्यक्रम तय भएको छ ।