इटहरी / इटहरीमा एक महिलाको सोमबार साँझ छुरा प्रहार गरी हत्या भएको छ । इटहरी ४ स्थित माखिम टोलमा डेरा गरी बस्ने ३० बर्षीयकी सोनिया राईको स्थानीय लालबहादुर राईले छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । हत्यारालाई इलाका प्रहरी कार्यलयले इटहरीले ततकाल पक्राउ गरेको छ ।
हत्या किन गरे भन्ने खेल्न सकेको छैन् । मृतक राईको श्रीमान बैदेशिक रोजगारमा गएको बताइएको छ । लालबहादुर र सोनिया दुवै जना लामो समयदेखिसँगै बस्दै आएको बताइएको छ । घट्ना स्थलमा घट्नाबारे अनुुन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए । घटनास्थलमा हत्यामा प्रयोग भएको छुरासमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।