बारा/ बारा कलैया उपमहानगरपालिका को सभा हाँँलमा पत्रकार सम्मेलन गरि हात्तीपाइले रोगबारे जानकारी गराएका छन् । गोबिन्द सिग्देल को अध्यक्षता र प्रदेश स्वास्थ्य निर्देशनालय निमित्त प्रमुख बिजयकुमार झाको प्रमुख आतिथ्य तथा नगर प्रमुख राजेश राय यादव को विशिस्ट आतिथ्यतामा कार्यक्रम गरिएको छ ।
निमित्त प्रमुख झाले हात्तीपाइले रोगले बारा जिल्ला अतिनै प्रभावित रहेको बताए । यो रोगले मनिसको जीवन नै अक्रान्त बनाइ दिन्छ। यो रोगले मानिस चाडैं मर्दैन किनकी यस्को क्रिया लामो हुन्छ चाडैं देखा पर्दैन । यो रोग लागेको व्यक्ति लाई हेर्दा डरलाग्दो किसिमको हेरिन्छ।
हात्तीपाइले रोग कसरी लाग्छ ?
हात्तीपाईले रोगमानिसलाई नराग्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपाहिज वनाउने एक सरुवा रोग हो। । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउंदछ र यो रोगसंक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । मानिसको शरिरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुच्छ र यस रोगको लक्षण देखि सकेपछि निको पार्न सकिंदैन । हात्तीपाईले रोगबाट बच्चन तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्टिूय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यो रोगको परजीविबाट मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्ला हरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधी सेवन कार्यक्रममा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग बिरूद्धको औषधी सेवन गर्ने र अरुलाइ पनि गर्न लगाउने ।
यस रोगबाट बच्न कस्तो औषधीको सेवन गर्ने ?
हात्तीपाईले रोगबाट बच्चन दुई थरि औषधीहरु प्रयोग हुन्छ्न। जुन पूर्ण रुपमा सुरक्षित छन् र यी औषधी दगाँ वर्षदेखि विश्व भरी प्रयोग हुदै आईरहेका छन् । हालसम्म विश्वभर अरबों मात्रामा र नेपालमा पटक पटक गरि १ ० करोड अन्दा बढि मात्रामा यी औषधी खुवाई सकिएको छ । यी दुई थरि औषधीले हात्तीपाईले रोग लागि सकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाऊँदछ ।
हात्तीपाइले रोग विरुद्धको औषधि कस-कसले सेवन गर्नु पर्दछ ?
आम औषधि सेवन कार्यक्रम सञ्चरुलन हुने जिल्लाहरूमा बसोबास गर्ने सबैऔषधी सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नू पर्दछ, ।
हात्तीपाईले रोग विरुद्धको औषधी कस-कसले सेवन गर्न हुदैन ?
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त विरामीहरु (उदाहरणको लागि कुनै कडा रोग लागी औषधि सेवन गरिरहेका जस्तै क्यान्सर, मुटुरोगी, कृलेजो रोगीं,मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, छरेरोगीहरू, २४ घष्टा भित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरु) ले यो औषधी सेवन भर्नु हुँदैन ।
यसको औषधि कस्ले र कहाँ दिन्छ ?
आम औषधी सेवन कार्यक्रम लागु भएका जिल्लाहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूते तपाईको घर नजिकैकौ वुथमा यहि आउँदो २०७५ फल्गुण महिनाको १,५ गते देखि औषधि खुलाउने छ ।
औषधी सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु
यो औषधि खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुखे हुनसक्छ । यदि त्यसो भएमा औषधीले प्रभावकारी काम गर्दैछ भत्रे बुइनु पर्दछ।
ती लक्षणहरु केहि घण्टा भित्रमा आफै हराएर जाने हुन्छ। केही गरी ती लक्षणहरू लामो समयसम्म रहिरहेमा नजिक्को स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नु पर्दछ । आम औषधि सेवन कार्यक्रममा यस वर्ष औषधी खुवाउने जिल्लाहरु पाँचथर, ईलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य तथा जनसंरव्या मन्त्रद्धलय स्वास्थ्य सेवा विभागले लक्षित रहेका १-५ जिल्लाका (१-५६ पालिका) ७८ लाख ४९ हजार हाइड्राेशिल सर्जरीस् ३-४ अस्पतालमा ४१-७० जना रहेका छ्न। यस कार्यक्रमको कुल बजेट २ ० करोड ६ ० लाख ७० हजार को लागतमा आम औषधी सेवन कार्यंक्रममा ६२०५ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने छ।