लहान/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले समृद्ध मुलुक निर्माणको लागि जुनसुकै क्षेत्रले लगानी गरेपनि फारक नपर्ने बताएको छ ।

सोमबार “मिर्चैया प्रथम महात्सव” को उद्घाटन गर्दै अध्यष दहाले उत्पाद वृद्धि गर्न, रोजगारी सृजना गरी विदेशीयका युवाहरुले स्वादेबमै काम पाउने अवस्था सृजनागर्न जो सुकैले लगानी गरेपनि फारक नपर्ने बताएका हुन् । विकासलाई गति दिने भनेको सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्याद्वारा मात्रै सम्भव भएको अध्यक्ष प्रचण्डले जिकर गरे ।

उनले निजी क्षेत्रलाई विश्वसमा लिएर उनीहरुसँग भएको पूजी, सीप, अनुभावलाई राम्रोसँग प्रयोग गरेर नाफा कमाउने बातावरण बनाउने काम राज्यको हुन आउने बताए । मन्तव्यकै क्रममा अध्यक्ष प्रचण्डले सिरहा कृषिका हिसावले पनि महत्वपूर्ण जिल्ला रहेको आफूले पाएको बताए ।

सोही क्रममा अध्यक्ष प्रचण्डले नागरिक्ता विधेक संसदबाट चाँटै पास हुने बताउँदै अव सदाको लागि नागरिक्ता समस्या समाधान हुने पनि बताए । महोत्सव उद्घाटनकै क्रममा यस मिर्चैयामा जम्नेर विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सम्मानीत हुनेहरुमा व्यवसायी तथा पूर्व गैर आवाशिय नेपाली संघका अध्यक्ष डा. ओपेन्द्र यादव, कृषि वैज्ञानिक बैजनाथ महतो, नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओपेन्द्रकान्त अर्याल लगाएत एक दर्जन थिए ।  अध्यक्ष प्रचण्डले आजै सिरहाको अर्नमा गाउँ पालीका १ महनौरमा रहेको तीन तल्ले स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका थिए । दुई करोड २१ लख ७६ हजार लागतमा सुनकोशी कन्ट्रक्सले स्वास्थ्य चौकी भावन निर्माण गरेका थिए ।

भवन निर्माणको लागि आवश्यक जमिन स्थानीय हरिलाल कामती, धर्मदेव कामती र हितेन्द्र कामतीले आफ्ना स्वर्गीय बुवा आमाका नाममा दान गरेका थिए ।