श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १ गते बुधबार, १३ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको अष्ठमी तिथि १०ः३८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र कृतिका १७ः५६ बजेसम्म, उप्रान्त रोहिनी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः५२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिलामित्रको विशेष सहयोग मिल्ला । शुभ समाचारले सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । कार्य व्यवसायमा विघ्नवाधाहरु आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । नयाँ तथा रमणिय स्थानको भ्रमण हुनेछ । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ ।वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।