विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता होराइजन क्रिकेट क्लवले गुराँस पुस्तकालयलाई ८ विकेटले पराजित सेमिफाइनलमा प्रवेश गरेको छ ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ वैजनाथ क्रिकेट मैदानमा भएको बुधबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ३१ शमलव ४ बलमा सवै विकेट गुमाई ६० रनको झिनो योगफल तयार पारेको छ । जसमा सकिव हकले सर्वाधिक १७ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । होराइजनका फिरदोस अन्सारीले ३ विकेट तथा अमूत सिंह, दिपेश कडेल र आयु ओडारीले २–२ विकेट लिए ।

जवाफमा ६१ रनको झिनो लक्ष्य पछ्याएको होराइजनले १६ दशमलव २ वलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । जस्मा म्यान अफ दी म्याच दिपेश कडेलले नटआउट ३२ रन, लव कामतले २२ रनको योगदान दिए । गुराँसका अविज्ञान यादव र साइरस रोयले १÷१ विकेट लिए । विहिबारको खेल विराट क्रिकेट क्लव र होराइजन क्रिकेट क्लव विच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

2 5