श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २ गते बिहीबार, १४ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको नवमी तिथि ९ः४३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहीणी १७ः३१ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । मायाप्रेमको सम्बन्ध विस्तार हुनेछ । नपत्याएका व्यक्तिहरुबाट विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक तथा साथीभाइको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा सम्मेलनमा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । मातृपक्षको विशेष सहयेग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा शरिक भइएला । घरपरिवारमा धार्मिक कार्यक्रको आयोजना हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नयाँ कार्यक्रममा संलग्न भइएला । धार्मिक यात्रामा संलग्न हुने अवसर मिल्ला ।