श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ३ गते शुक्रबार, १५ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको दशमी तिथि ८ः२३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा १६ः४३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,द,ले,लो,अ)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उक्तमखालको छ । शरिरमा स्फूर्ति र उमङ्ग छाउला । विवाह व्रतवन्ध जस्ता उत्तसवमा शरिक भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनेछ । हतियारको प्रयोगमा विशेष सावधाी अपनाउनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवाह व्रतवन्ध जस्ता धार्मिक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमणिय स्थानको भ्रमण होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटकोा सामना गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिकि जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।