श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ४ गते शनिबार, १६ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको द्वादशी तिथि २८ः४३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा १५ः३५ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः५४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । साथीभाइसित रमाइलो भेटघाट हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । आत्मविश्वाास र पराक्रममा वृद्धि हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन सम्बन्धि काममा रुची बढ्नेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा ततजन्य कार्य व्यवसायमा रुची बढ्नेछ । मातृपक्षको सहयोगमा नया“ कामको शुभारम्भ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य व्यवसायमा विशेष लाभ मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो यात्रामा शरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रकोा काममा विशेष लाभ मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिकि जीवनमा खुसीयाली छाउला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।