श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ४ गते शनिबार, १७ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको त्रयोदशी तिथि २३ः३२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु १४ः१३ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः५५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा खासै मन नजाला । कार्य–व्यवसायमा बिघ्न बाधा आउन सक्नेछ । शरीर अस्वस्थ रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । फलदायी यात्रा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि आगमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइहरूसित रमाइलो भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि निकै खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । अनावश्यक काममा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । यात्रा सफल होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थालेका कामकाजबाट लाभ मिल्ला । आफन्तजनबाट उचित सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । कामकाजमा केही समस्या आइपर्न सक्ला । विश्वासपात्रबाट पनि धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।