पथरी/मोरङको लेटाङ नगरपालिका–९, स्थीत जाँतेमा पहिचान झल्कीने पिसानी गरिने जाँतोको आकार भएको सबै भन्दा ठुलो जाँतोको प्रतिक निर्माण गरिने भएको छ ।

लेटाङको सान, जाँतेको पहिचान मुल नारा सहित शनिबार एककार्यक्रमको आयोजना गरी जाँतो सिलान्यास गरेका थिए । जाँतो निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेशकाल उपसभामुख सरस्वती पोख्रेल र विशिष्ट अतिथि लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी पोख्रेलले संयुक्तरुपमा निर्माण स्थलमा ईटाराखी फुल अक्षताले पुजागरी शिलान्यास गरेका थिए । प्रदेश उपसभामुख पोख्रेलले शिलान्यस कार्यक्रममा बोल्दै यस्ता ऐतिहासिक पहिचान बोकेका बस्तु निर्माण बाटोमा भन्दा एक वृहद परियोजना निर्माण गरी लाग्नु पर्नेमा बताएका थिए ।

उनले–‘छुट्टा छुटै भन्दा पनि परीयोजनाकै रुपमा आएको योजनालाई रकम विनियोजन नै गरेर साथ दिने प्रदेशको अवधारणा रहेको छ । यसो गर्दा ऐतिहाँसिक वस्तुको जगेर्ना पनि हुने साथै भावि पिडिहरुले त्यसबारे बुझ्न ठाउँ ठाउँ चाहार्न नपरी सजिलो हुनुका साथै पर्यटन विकास पनि हुनेछ ।’ आफ्नो गाउँको पहिचानको प्रतीक जाँतो निर्माण खातिर जाँते जनता फुटेर हैन जुटेर लाग्न लाग्नु पर्ने बक्ताहरुले बताएका थिए । शिलान्यास कार्यक्रममा विभिन्न मगर,लिम्बू र राईको जातिय साँस्कृतिक झाँकी समेत प्रर्दशन गरेका थिए ।

लोकतन्त्र प्राप्ति सँगै सबै ले आ–आफ्नो पहिचान खोजि गरी पहिचान कायम गरी रहेको अवस्थामा जाँतेले पनि आफ्नो नामसँग जोडिएको पहिचानको वस्तु ‘जाँतो’ उक्त स्थानमा राख्न लागिएको स्थानिय वडाध्यक्ष कृष्ण लुईटेल ले वताए । उनका अनुसार जाँतो लेटाङ नगरकै शान र जाँतेको पहिचान बन्ने छ । परापूर्वकालमा यो ठाउँ को नाम जाँते रहनुमा जे जस्तो ईतिहास भए पनि अहिले आएर लेटाङ नगरसँग जोडिए पछि यसको पहिचान नै हराउने स्थिति देखेर नै अहिले यो कार्य थालेको वडाध्याक्ष लुईटेल वताछन् ।.

जाँते बजारको दक्षिण इलाका वन कार्यलय छेउ जाँते–पथरी सडमा १७ लाख बराबरको लागतमा बन्न लागेको हो । जाँतेकै इतिहासमा पहिलो पल्ट राख्न लागिएको उक्त जाँतो अहिलेसम्म कै सबै भन्दा अग्लो र ठुलो निर्माण हुने जाँतो निर्माण समिति अध्यक्ष विमल लिम्वुले बताए । वडा नं. ९ को लगानीमा बन्न लागेको जाँतोको चित्र एक बर्ष भित्र सम्पन्न गर्ने नगर ईन्जिनियर भानस राई वताउँछन् ।