श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ६ गते साेमबार, १८ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको चतुर्दशी तिथि २४ः१३ बजेसम्म, उप्रान्त पुर्णिमा, नक्षत्र तिब्य १२ः३९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामाल्यखालको छ । कार्य व्यवसायमा विध्नवाधाहरु आइपर्न सक्छ ।अरुको काममा समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा वनजन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नया“ कार्य सम्पादन गर्ने अवसर मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला । रमाइलो वातावरणमा दिन वित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तम खालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुने छ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आफ्नो कार्य क्षेत्रमा प्रमुख जमाउन सकिएला । शरिरमा स्फुर्ति र उम· छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक चिकायमा तपाइको उच्च स्थान रहला । समाजका गण्यमाण्य व्यक्तिहरुसित भेटघाट होला । मन प्रसन्न बन्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ कार्यको चर्चा चल्नेछ । सन्तान पक्षबाट विशेष सहयोग प्राप्त होला । श्रामिक यात्राको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गण्यमाण्य व्यक्तिहरुसित भेटघाट हुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुचि बढ्नेछ । मातृपक्षको विशेष सहयोग प्राप्त होला । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।